रवि लामिछानेको ड्राइभर थापाको निधन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक दिलबहादुर थापा शम्भूको निधन भएको छ ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा न ३ निवासी थापाको उपचारको क्रममा मंगलबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
(रास्वपा)का सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर थापा घाइते भएका थिए । वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।
टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । सभापति लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक तथा उनका परिवारका सदस्यसमेतको सहमतिमा थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
अलामिछानेका ड्राइभर थापा छतबाट खसेर घाइते भएसँगै अचेत अवस्थामा थिए । उनी के कति कारणले छतबाट खसे भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने यकिन कारण हालसम्म सार्वजनिक गरिएको छैन ।
दिमागले कुनै पनि काम नगरी रहेको अवस्थामा रहेका थापाको स्वास्थ्यमा केही दिनअघि सुधारका संकेत देखिए पनि शुक्रबारदेखि उनको अवस्था पुनस् गम्भीर बनेको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्