काठमाडौं । काठमाडौको एउटा कार्यक्रम मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले कुराकानी गरिरहेको भिडिओलाई एआइको प्रयोग गरी आपत्तिजनक भिडियो बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् ।उनलाई सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी रावतलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको छ । उनले…
Category: Uncategorized
चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणा
चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा अनिवार्य र निशुल्क शिक्षा घोषणाचौतारा । अन्तत लामो प्रयासपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकले अनिवार्य र निशुल्क शिक्षा घोषणा गरेको छ ।बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा आइतबार नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य र निशुल्क शिक्षा कार्यान्वय पालिका घोषणा गरिएको हो ।यो घोषणासँगै चौतारा साँगाचोकगढी नगरपालिका जिल्लामा नै औपचारिकरुपमा अनिवार्य र निशुल्क शिक्षा घोषणा गर्ने पहिलो स्थानीयतह बनेको छ ।चौतारा साँगाचोकगढीभित्र ३४ जना बालबालिकाहरु विद्यालय पहुँच बाहिर रहेकोमा ती बालबालिकालाई पनि विद्यालयमा जोड्दै सबै मापदण्डहरु पुरा…
दोस्रो बुद्ध पूर्णिमा कप २०८१ उपाधी धार्पा क्लाबलाई
चौतारा । प्रतिस्पर्धी १६ टिमलाई पछि पार्दै यो वर्षको बुद्ध पूर्णिमा २०८१ को उपाधी धार्पा युवा क्लब बाह्रविसेले जीत्न सफल भएको छ । चौतारामा जारी खुला फूटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम खेलमा कृम्सन इगल्स चौतारालाई हराउँदै धार्पा युवा क्लबले दोस्रो बुद्ध पूर्णिमा कप २०८१ को उपाधी जीत्न सफल भएको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टि सुट आउटमा चौताराले १ मात्र गोल गर्न सफल भयो भने धार्पाले ४ गोल ग¥यो । हरेक बुद्ध पूर्णिमा अवसरमा चौतारा यु १५ फूटबल…
‘ए’ ग्रेडका खेलाडीले मासिक तलब एक लाख पाउने
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छ जना खेलाडी पर्न सफल भएका छन् । बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई रु ७० हजार, ‘सी’ ग्रेडलाई रु ५५ हजार, ‘डी’ ग्रेडलाई रु ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई रु २५ हजार प्रदान गर्ने निर्णय गरेको हो…
आमा याङ्ग्री : ‘हेलम्बुमा लुकेको रत्न’ (फोटोफिचर)
सिन्धुपाल्चोक। आमा याङ्ग्री पिक सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा पर्दछ। सिन्धुपाल्चोक स्थित आमा याङ्ग्री पिक धार्मिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण गन्तव्य हो । काठमाडौँबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा रहेको यो क्षेत्रलाई मनमोहक पदयात्राको रूपमा लिन सकिन्छ। सामुन्द्रिक सतहदेखि ३,७७१ मिटरको उचाइमा रहेको आमा याङ्ग्री पिकबाट लाङटाङ, गणेश, गौरीशङ्कर लगायत दुई दर्जन भन्दा बढी हिमशृंखलाहरुको नजिक बाट दृश्यावलोकन गर्न सकिन्छ । स्वर्गको एक टुक्रामा पुगे झैँ लाग्ने यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाँईमा पर्नेगरेको छ । आमायाङ्ग्री ट्रेक काठमाडौँको नजिकैको क्षेत्रको ट्रेकिङ ट्रेल हो । आमायाङ्ग्री काठमाडौँ उपत्यका वरपरको अग्लो चुचुरो…
सिन्धुपाल्चोकका ५ स्थानीय तहले भूकम्प प्रभावितलाई ४३ लाख सहयोग गर्ने
सिन्धुपाल्चोक । जाजरकोट भूकम्पबाट प्रभावितहरुका लागि सिन्धुपाल्चोकका ५ वटा स्थानिय तहले सहयोग उपलब्ध गराउने भएको छ ।बाह्रबीसे नगरपालिका, बलेफी, भोटेकोसी, त्रिपुरा सुन्दरी र जुगल गाउँपालिकाले भूकम्प प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका हुन । बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , बलेफी गाउँपालिकाले ५ लाख,भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया , त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख र जुगल गाउँपालिकाले ३ लाख रुपैया गरि जम्मा ४३ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बताइएको छ । दुखको घडीमा एकले अर्कोलाई सहयोग गर्नु नै मानवीय धर्म र कर्म भएको हुँदा आफूहरुले सहयोग गर्ने निर्णय गरेको बलेफी…
मैत्री सहकारी साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल
मैत्री बचत तथा ऋण सहकारी १४ औ साधारणसभा सम्पन्न । सहकारी मर्च सहकारी विकास, विस्तारको आधार हो– मन्त्री दुलाल चौतारा । चौतारा साँगाचोकगढी वडा न ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।झण्डै ७ सय शेयर सदस्य रहेको सहिकारीको शनिबार १४ औ साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख अतिथि एवम् वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थाको गठन गर्नु महत्वपूर्ण कुरा नभएको बताउनु भयो । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण…
सरकारसँग वार्ता गर्दै आन्दोलनरत शिक्षकहरु
काठमाडौँ — आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका छन् । बिहीबार आन्दोलनमा उत्रेका शिक्षकहरु सरकारसँग वार्तामा बसेका हुन् ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित आज बिहान वार्तामा बसेका हुन् । वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको बताइएको छ ।संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । शिक्षकहरूले आन्दोलन अनिश्चितकालिन हुने बताउँदै आएका छन । बिसौनीbisouni.com
ब्याटमिन्टनमा कसले मार्यो बाजी ?
ब्याटमिन्टनमा कसले मार्यो बाजी ?चौतारा । तीनदिनदेखि जारी सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिताको नगरकप उपाधी मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जाडिले उचाल्न सफल भएको। चौतारास्थित कभर्डहलमा शनिबार भएको फाइनल प्रतियोगिताको पुरुष डवलतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनुभएको हो । द्धितीय श्रेष्ठको जोडी र तृतीय भएका राजन श्रेष्ठ, मनोज लामाको जोडी, र अजय श्रेष्ठ, अमृत कार्कीको जोडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले क्रमश रु ३० हजार,२० हजार,५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस्तै महिला सिंगलतर्फ…
एड्भान्स सीपको प्रयोग गरि आत्मनिर्भर बन्न मेयर सापकोटाको आग्रह
४५ दिने एड्भान्स सिलाइ कटाई तालिम सम्पन्नसीपकाे प्रयाेग गरि आत्मनिर्भर बन्न नगरप्रमुखकाे आग्रह (२०७९ जेठ ३१ ) सीप सिकौ आत्मानिर्भर बनौ भन्ने मुल उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिका नगर स्तरिय महिला संजालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा ४५ दिने एड्भान्स सिलाइ कटाइ तालिम समापन भएकाे छ ।तालिम समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले सीप सिकेपछी त्यसलाइ व्यबहारमा लागू गर्नुपर्नेमा जाेड दिएका थिए । उनले सीप सिकेर आत्मानिर्भर बन्ने बाटोमा लाग्न आग्रह गरेका छन् । साथै सिपकाे प्रयाेग गरि ब्यबसाय संचालन गर्दै साेकाे निरन्तरता दिदै स्वरोजगार बन्न शुभकामना प्रदान गरेका छन् ।कार्यक्रममा…