विजयी खेलाडीलाई नगद पुरस्कार दिने मेयर सापकोटाको घोषणा

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कार दिने मेयर सापकोटाको घोषणा

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कार दिने मेयर सापकोटाको घोषणा चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका खेलकूद विकास समितिले चौतारा साँगाचोकगढी नगरपालिकालाई शिल्ड तथा ट्रफी हस्तान्तरण गरेको छ । जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकद्वारा आयोजित दसौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चौतारा साँगाचाकगढी नगरपालिकाले ४१ स्वर्णपदकसहित प्रथम हुन सफल भएको थियो । प्रतियोगितामा प्राप्त शिल्ड तथा ट्रफी सोमबार प्रशिक्षक एवम् समितिका प्रतिनिधिहरुले नगर प्रमुख कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । सुवर्णलाल श्रेष्ठ, प्रकाश दंगाल, रमेश गुरुङ, सविन दंगाल लगायतका प्रशिक्षक एवम् समितिका प्रतिनिधिहरुले नगरप्रमुख सापकोटालाई हस्तान्तरण गरेका हुन्…

बार्सिलोना छोड्दै प्रशिक्षक जाभी

न्यूज काखरखान

काठमाडौँ, १४ माघ । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् । बार्सिलोना केहि दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराती सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित भएको थियो । यो हारसँगै बार्सिलोना लिगमा शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १० अंकले पछाडी रहेको छ । जाभीले हारसँगै क्लब छोड्ने घोषणा गरेका हुन् । जाभीले क्लबमा परिवर्तन आवश्यक रहेको बताउदै आफुले ३० जुनपछि क्लब छोड्ने बताएका छन्…

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

चौतारा । हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडीहरुलाई सम्मान गरिएको छ । हिराहरि तेक्वान्दो डोजाङ , सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ तथा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाइ सम्मान गरिएको हो ।नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा र बागमती खेलकुद विकास परिषद्का सदस्य निरन्जन थापा मगरको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा रातो कालो पेटि र प्रथम डान कालो पेटी र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको थियो । रातो पेटीबाट रातो…

चौतारा स्पोर्टिङ क्लब नगर माविस्तरिय फूटबल प्रतियोगिता माघ १८ गतेबाट

चौतारा स्पोर्टिङ क्लब नगर माविस्तरिय फूटबल प्रतियोगिता माघ १८ गतेबाट

चौतारा । चौतारा स्पोर्टिङ क्लबको आयोजनामा दोस्रो नगरस्तरिय अन्तर मावि सेभेन ए साइड फूटबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित टुँडिखेलमा हुने प्रतियोगिता यही माघ १८ गतेदेखि २० गतेसम्म तीन दिन सञ्चालन हुने आयोजक चौतारा स्पोर्टिङ क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३० हजारसहित शिल्ड र द्धितीय हुने टीमलाई नगद रु २० हजारसहित शिल्ड प्रदान गरिनेछ । क्लबका सचिव राकेश रानाका अनुसार टिम दर्ताका लागि रु दुई हजार लाग्ने छ भने टिम दर्ताको समयावधि माघ १६ गतेसम्म मात्र रहेको छ । प्रतियोगिता चौतारा…

सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने

सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय सुनाइयो, क्षतिपूर्ति पनि भर्नुपर्ने

किशोरी बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । आज न्यायाधीश शिशिरराज ढकालको इजलासले सो सजाय तोकेको हो । अदालतले सन्दीपबाट पीडित किशोरीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।  सन्दीपविरुद्धको मुद्दामा ढकालकै इजलासले पुस १३ गते दोषी ठहर गरेको थियो । फैसलामा उनले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको उल्लेख छ । यसैबीच फैसला चित्तबुझ्दो नभएको भन्दै सन्दीप उच्च अदालत जाने भएका छन् । उनका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र…

प्रथम हिराहरी तेक्वान्दो प्रतियोगिता सुरु, नगरप्रमुख सापकाेटाबाट उद्घाटन

प्रथम हिराहरी तेक्वान्दो प्रतियोगिता सुरु, नगरप्रमुख सापकाेटाबाट उद्घाटन

निर्मल बस्नेत चौतारा,६ पाैष २०८० । हिराहरी तेक्वान्दो डाेजाङ चाैताराकाे आयाेजनामा प्रथम हिराहरी जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएकाे छ । चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेगमा पाैष ६ र ७ गते २ दिन चल्ने प्रतियोगिता चाैतारा साँगाचाेकढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले राष्ट्रकाे गाैरव र व्यक्तिको स्वास्थकाे लागि खेल उपयुक्त र अपरिहार्य रहेकाे बताए । जसकाे लागि नगरपालिकाले खेल गतिविधि सञ्चालन र बिकासमा सदैव सहयाेग गर्ने बचनबद्धता जनाए । कार्यक्रममा तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले नेपालकाे खेलकुद क्षेत्रमा अग्रभागमा रहेर खेल गतिविधि सञ्चालन…

सिन्धुमा पहिलापटक जिल्लास्तरिय टेबल टेनिस प्रतियोगिता हुँदै

सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितमा भाग लिनका लागि सिन्धुपाल्चोकको स्थायी बासिन्दा हुनुपर्ने र कर्मचारीको हकमा भने सम्वन्धित कार्यालयको सिफारिसको अनिवार्य आवश्यकक्ता रहेको संघले जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुने भएको छ । टेबल टेनिस संघ सिन्धुपाल्चोकले पहिलोपटक चौतारामा जिल्ला स्तरिय टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको हो ।कार्तिकको २२ र २३ गते जिल्लाव्यापि टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको संघका अध्यक्ष मिलन लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार मेन्स डवल, सिंगल र भेट्रान्स गरि जम्मा तीन विधामा प्रतियोगिता आयोजनाा गरिनेछ । ४० वर्ष उमेर माथिकाले भाग लिन…

चौताराका खेलाडीलाई वडा अध्यक्ष श्रेष्ठद्वारा जर्सी हस्तान्तरण

चौताराका खेलाडीलाई वडा अध्यक्ष श्रेष्ठद्वारा जर्सी हस्तान्तरणचौतारा । चौतारा साँगाचोकगढी वडा न ५ का खेलाडीहरुलाई वडा न ५ का अध्यक्ष शिव श्रेष्ठले जर्सी हस्तान्तरण गर्नु भएको छ । आइतबार वडा अध्यक्ष श्रेष्ठले चौतारा युवा क्लबका १७ खेलाडीलाई जर्सी हस्तान्तरण गर्नु भएको हो । मेलचौर युवा जागरण समाजद्वारा आयोजित मालिकादेवी कपको तेस्रो संस्करणमा युवा क्लब आज सहभागि हुँदै छ । मेलचौर दरबारडाँडामा जारी सेभने ए साइड फूटबल प्रतियोगिता हिजोबाट सुरु भएको हो । आज दिनको ठीक २ः३० बजे सिंहमति युवा क्लबसँग युवा क्लबको भिडन्त हुने बताइएको छ । त्यस लगत्तै सहिद…

टेबुल टेनिस संघको अध्यक्षमा मिलन लामा

जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा मिलन लामाचौतारा । सिन्धुपाल्चोक जिल्लामा नै पहिलोपटक टेबुल टेनिस संघ गठन भएको छ ।टेबुल टेनिस खेलको विकास र विस्तारसँगै जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने हेतुले जिल्ला सदरमुकाम चौतारामा आज भएको भेलाले मिलन लामाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला टेबुल टेनिस संघ सिन्धुपाल्चोक गठन भएको हो ।होटल अरनिकोमा भएको भेलाले उपाध्यक्षमा प्रविण खड्का चयन हुनु भएको छ । सचिब र कोषाध्यक्षमा क्रमश : कमल श्रेष्ठ र दीपेन्द्र घले चयन भएको संघले जनाएको छ ।सदस्यहरुमा भने विकास काफ्ले, जिगिषा श्रेष्ठ र पुकार उप्रेती चयन हुनुभएको छ…

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुने

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुने

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुनेचौतारा । सिन्धुपाल्चोक जिल्लामा नै पहिलोपटक टेबुल टेनिस संघ गठन हुने भएको छ ।टेबुल टेनिस खेलको विकास र विस्तारसँगै जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने हेतुले जिल्ला सदरमुकाम चौतारामा टेबुल टेनिस संघ गठन हुन लागेको हो ।संघ गठनका लागि महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका मिलन लामाका अनुसारअसोज ५ गते शुक्रबार बिहान ११:०० बजे होटेल अरनिकोमा गठन कार्यक्रमको आयोजना हुनेछ । उहाँले खेलप्रेमीहरुलाई उपस्थितिका लागि पनि अनुरोध गर्नु भएको छ । बिसौनीbisouni.com