हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

चौतारा । हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ तथा खेलाडीहरुलाई सम्मान गरिएको छ ।


हिराहरि तेक्वान्दो डोजाङ , सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ तथा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाइ सम्मान गरिएको हो ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा र बागमती खेलकुद विकास परिषद्का सदस्य निरन्जन थापा मगरको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।


कार्यक्रममा रातो कालो पेटि र प्रथम डान कालो पेटी र प्रथम डान कालो पेटीको ग्रेडिङ गरेको थियो । रातो पेटीबाट रातो कालो पेटीमा सचिन तामाङ, मिशन श्रेष्ठ, मिशन बागदाश उतिर्ण हुन सफल भएको आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार शिभान्शु श्रेष्ठ , लाक्पा तामाङ ,साजन घले , आयुशी श्रेष्ठ भने रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ ।


सोही कार्यक्रममा हिराहरी तेक्वान्दो डोजाङ्गद्वारा गत पौष ६ र ७ गते आयोजित प्रथम हिराहरी जिल्ला स्तरिय नगरकप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता २०८० मा डोजाङ्गको प्रतिनिधित्व गरि पदक जित्न सफल खेलाडीहरुलाइ डोजाङ्गले खादा लगाई सम्मान पत्र प्रदान गरिएको डोजाङ्ग प्रमुख रमेश गुरुङले जानकारी दिए । सो जिल्ला स्तरिय प्रतियोगिताको क्योरुगी तथा पुम्से दुबै विधाको उपाधी हिराहरी डोजाङ्गले उचाल्न सफल भएको थियो । उत्कृष्ट पुरुष पुम्से खेलाडीमा लाक्पा तामाङ र उत्कृष्ट महिला पुम्से खेलाडीमा सोफिया श्रेष्ठ भएको थिए । यी दुबै हिराहरी डोजाङ्गकै खेलाडी हुन् ।

प्रमुख अतिथि एवम् वडा न ५ का अध्यक्ष शिव श्रेष्ठ र विशिष्ट अतिथि बागमती प्रदेश खेलकुद परिषद्का सदस्य निरन्जन थापा मगरले विजयी खेलाडीहरुलाई वधाई दिएका थिए भनेसिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाइ संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले पनि बधाईसँगै शुभकामना दिए । ग्रेडिङ प्रमुख गुरुङले नै लिनु भएको हो।

सिफारिस

प्रतिकृया दिनुहोस्