सिन्धु हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको छ ।जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती १० पाटिगाउ हिडेकाे गाडी चाैतारा साँगाचाेकगढी न.पा वडा न ७ झ्याडीमा ब्रेक फेल हुदा दुर्घटना भएकाे छ । घटनामा करिव ३० जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी र ऐम्बुलेन्स पुगेर उद्दार हुदै छ भने घाइतेको चौतारा अस्पतालमा हुँगरेको एसपी बाल नरसिं राणाले जानकारी दिनुभयो । घटनामा अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बिसौनीbisouni.com
Category: समाज
घट्दै घरेलु हिंसा, बढ्दै आत्महत्या
चार महिनाको अवधिमा ३१ फरार अपराधी पक्राउ गरी उनिहरुलाई २६ वर्ष ६ महिना १ दिन कैद सजाय र जरिवाना वापत ६७ लाख ७२ हजार ४ सय ९ रुपैया असुल गरिएको पनि प्रहरी उपरिक्षक राणाले जानकारी दिनुभयो । सिन्धुपाल्चोक , स्थानीय तहमा न्यायिक समिति गठन भए सँगै सिन्धुपाल्चोकका प्रहरी कार्यालयमा आउने घरेलु हिंसाका घटनामा कमी भएको छ । न्यायिक समितिहरुले घरेलु हिंसा लगायतका विवाद मिलाएका कारण प्रहरीमा जाने उजुरीको संख्यामा कमी आएको हो ।घरेलु हिंसामा कमी आए पनि आत्महत्या, जर्बजस्तिकरणीका घटनामा भने बृद्धि भएको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक बाल…
चौतारा बजारमा फायर सेफ्टी यन्त्र जडान
हाललाई टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक मेगाचोक गैरीगाउँ, केसीस्टेशन, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा गरि १० ठाउँमा अग्नि नियन्त्रक जडान गरिएको छ । आगलागीको जोखिम नियन्त्रण गर्नका साथै क्षति न्यूनिकरणका लागि जिल्ला सदरमुकाम चौतारामा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सटिङ घुसर) जडान गरिएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा स्पार्टिङ क्लबले चौताराको बजार क्षेत्रमा अग्नि नियन्त्रणक (फायर सेफ्टी ) यन्त्र जडान गरिएको हो ।बजार क्षेत्रभित्र कतै आगालागि भई हालेमा नजिक रहेको अग्नि नियन्त्रक यन्त्रले तत्काल आगो नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने क्लब अध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । जडान गरिएको…
हेलम्बुमा भएको आइचर दुर्घटनामा एक महिलाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चाेककाे हेलम्बुमा आइचर ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सोमबार साँझ हेलम्बु गाउँपालिका २ ढोडीनीको भित्री सडकमा बा४ ख ५३८२ नम्बरको आइचर ट्रक दुर्घटनामा परेको थियाे । दुर्घटनामा परि हेलम्बु २ ढोडेनी बस्ने बर्ष ३० को पेमा तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते दुई जनालाई मेलम्ची नगर अस्पतालमा उपचार गरि थप उपचारका लागि धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । गाडी आफैँ ब्रेक फेल भई पछाडि गुड्दा सडक भन्दा १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।…
समयमा नै सडक सम्पन्न गर्न सांसदद्वयको सक्रियता
समयमा नै काम सम्पन्न गर्न सांसद सापकोटाको निर्देशन निर्मल बस्नेत २०८० बैशाख २२, ठोकर्पा । प्रतिनिधि सभा सदस्य माधब सापकोटा र बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेलले सुकुटे -मिलडाँडा – ठाेकर्पा सडककाे अनुगमन गरेका छन् ।सुकुटे – मिलडाँडा ठाेकर्पा सुनकाेशी गाउँपालिकाकाे वडा नम्बर १ र २ ठाेकर्पा लाई समेटेकाे छ । यस सडक हुदै लिसंखुपाखर गाउँपालिकाकाे लिसंखु र ठूलाेधादिङ जाेडिएकाे छ ।प्रादेसिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट ठेक्का भइ गाैरी पार्वती कन्स्ट्रक्सन प्रा.लिले २०७४ सालबाट सुरु गरेको यो सडक निर्माण कार्यकाे म्याद सकिएर प्राबिधिक स्टमेट अनुरुप र ठेक्का लाग्दा बखतकाे…
प्रभावकारी बन्दै चौतारामा वान साइड पार्किङ
व्यवस्थित पार्किङका लागि अध्यक्ष श्रेष्ठको पहलमा केही महिना अघिदेखि सडक दायाँबायाँ प्रत्यक १५ दिनमा परिवर्तन हुने गरि पार्किङ गर्ने व्यवस्थापन गर्दै आएको छ । चौतारा । वान साइड पार्किङको नियम लागु गरेपछि सदरमुकमसमेत रहेको चौतारा बजारमा सवारी साधन पार्किङको समस्या न्यूनिकरण भएको छ ।बढ्दो सवारी साधनको चाप र साँगुरो सडकका कारण बर्षादेखि बजार क्षेत्र अस्तव्यस्त हँुदै आएको थियो । जथाभावि पार्किङ गर्ने र सवारी साधन जामका कारण हैरानी बेहोर्दै आएका सदरमुकामबासीले वान साइड (एकतर्फी )पार्किङ नियम लागु गरेपछि राहतको महसुस गर्न थालेका हुन् ।चौतारा साँगाचोकगढी वडा न ५ ले बजारलाई…
पाँचपोखरी थाङपाल गाउँपालिकाकाे भवनमा तोडफोड
पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यालयको प्रशासनिक भवनमा अज्ञात समुहले तोडफोड गरेको छ । सोमबार राती गाउँपालिकाको प्रशासनिक भवनमा रहेको राजश्व शाखा र आर्थिक प्रशासन शाखा लगायत विषयगत शाखाहरु कृषि, पशुसेवा पञ्जिकरण, स्वास्थ्य लगायत गाउँपालिकाका भण्डारण कोठाहरु, अध्यक्षको निवासका ४ वटा कोठाहरुमा तोडफोड भएको गाउँपालिकाले जनाएको छ । घटना सुनियोजित रुपमा पालिकालाई बदनाम गर्ने उद्धेश्यका साथ भएको भन्दै सत्य तथ्य छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउने र यस्ता घटना घट्न सक्ने प्रति सम्पूर्ण पालिका बासीहरु सहजक रहन हुन अनुरोध गर्दै घटनाको पालिका प्रवक्ता नारायण भट्टराईले बिज्ञप्ती मार्फत भत्सना गर्नुभएको छ । कार्यलय…
सूचना प्रविधि दिवसमा क्यानको प्रभातफेरी
चौतारा । सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मूल नाराका साथ आज सूचना, सञ्चार तथा प्रविधि दिवस मूलुकभरि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।सिन्धुपाल्चोक जिल्लामा पनि कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान ) सिन्धुपाल्चोकले सदरमूकाम चौतारामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको प्राङ्गनबाट सुरु भएको प्रभातफेरि चौतारा बजार हुँदै शहीदचोकक परिक्रममा पछि विद्यालय प्राङ्गनमा नै पुगेर संक्षिप्त सभासहित समापन भएको थियो । सभामा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले सूचना प्रविधिबाट जीवनयापनमा मात्र नभइ कार्य सम्पादनमा पनि सहजता…
रवि लामिछानेको ड्राइभर थापाको निधन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक दिलबहादुर थापा शम्भूको निधन भएको छ ।सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा न ३ निवासी थापाको उपचारको क्रममा मंगलबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।(रास्वपा)का सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर थापा घाइते भएका थिए । वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी…
मैत्रीपूर्ण फूटबलको उपाधी लायन्सलाई
चौतारा । लायन्स क्लब अफ काठमाडू सिन्धु चौतारा सिटीले मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।शुक्रबारबाट जारी मैत्रीपूर्ण फूटबल प्रतियोगिताको फिनालेमा शिक्षक महासंघ र लायन्स क्लब भिडेको थियो ।लायन्सका जर्सी न १० का खेलाडी गणेश कटुवालले गरेको १ गोल नै अन्तत निर्णायक गोलको रुपमा परिणत भयो । शिक्षक महासंघले गोल गर्ने प्रयत्न गरे पनि क्लबका गोलरक्षकले हरेक प्रहारलाई असफल बनाइ दिएका थिए ।विजयी खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ट्रफी, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नु भएको थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउदै नयाँ पुस्तालाई खेलप्रती आकर्षण गर्ने…
