समयमा नै सडक सम्पन्न गर्न सांसदद्वयको सक्रियता

समयमा नै काम सम्पन्न गर्न सांसद सापकोटाको निर्देशन

निर्मल बस्नेत
२०८० बैशाख २२, ठोकर्पा । प्रतिनिधि सभा सदस्य माधब सापकोटा र बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेलले सुकुटे -मिलडाँडा – ठाेकर्पा सडककाे अनुगमन गरेका छन् ।
सुकुटे – मिलडाँडा ठाेकर्पा सुनकाेशी गाउँपालिकाकाे वडा नम्बर १ र २ ठाेकर्पा लाई समेटेकाे छ । यस सडक हुदै लिसंखुपाखर गाउँपालिकाकाे लिसंखु र ठूलाेधादिङ जाेडिएकाे छ ।
प्रादेसिक सडक डिभिजन कार्यालय सिन्धुलीबाट ठेक्का भइ गाैरी पार्वती कन्स्ट्रक्सन प्रा.लिले २०७४ सालबाट सुरु गरेको यो सडक निर्माण कार्यकाे म्याद सकिएर प्राबिधिक स्टमेट अनुरुप र ठेक्का लाग्दा बखतकाे काम पुरा नभएपछि सांसद सापकोटाकै पहलमा भेरियसन अर्डर गरेपछि पुन काम सुचारू भएकाे हाे ।
उनले आउने असार १ गतेभित्र निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
सांसदकाे निर्देशनपछि व्यवसायी श्याम अर्यालले समयमा नै काम सक्ने स्थानीयसामु प्रतिबद्धता जनाएका छन् ।
सांसद सापकोटाले अघिल्लो बर्षकाे पाैष ४ गते स्थलगत अनुगमन गर्दासम्म ७० प्रतिशत काम भएकाेमा हाल ८१ प्रतिशत काम सम्पन्न भएकाे डिभिजन कार्यालयका साईट हेर्ने ईन्जिनियर सुमन सापकोटाले बताए ।
उनका अनुसार यसकाे लागि कुल बजेट २२ कराेड लागत रहेकाे छ ।
सुकुटे मिलडाँडा ठाेकर्पा सडकखण्डकाे निर्माणस्थल अनुगमनकाे साेही अवसरमा पूर्वाधार बिकास कार्यालय,चाैताराबाट निर्माण हुदै गरिएको सुनकाेशी २ वडाकार्यालय देखी भ्यू टावर जाने १४ लाख बजेटले निर्माण हुँदै गरेकाे सडककाे पनि स्थलगत अवलोकन गरिएकाे छ।
सापकोटालाई स्थानीयहरुले सामान्य हावाहुरीमा पटकपटक बिद्धुतकाे समस्या भएकाे भनि गुनासाे भए पछि बिद्युत प्राधिकरणसंग कुरा गरि एक जना कर्मचारी थप्नकाे लागि निर्देशन दिएका छन् । सापकोटाले वडा न नम्बर ५, सुनखानीकाे बिभिन्न टाेलबस्तीमा गई स्थानीयहरुसंग भेटघाट गरि स्थानीयकाे गुनासाे सुनि उक्त गुनासाे सम्वाेधन गर्न लागि पर्ने बचन दिएका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्