पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यालयको प्रशासनिक भवनमा अज्ञात समुहले तोडफोड गरेको छ ।
सोमबार राती गाउँपालिकाको प्रशासनिक भवनमा रहेको राजश्व शाखा र आर्थिक प्रशासन शाखा लगायत विषयगत शाखाहरु कृषि, पशुसेवा पञ्जिकरण, स्वास्थ्य लगायत गाउँपालिकाका भण्डारण कोठाहरु, अध्यक्षको निवासका ४ वटा कोठाहरुमा तोडफोड भएको गाउँपालिकाले जनाएको छ ।
घटना सुनियोजित रुपमा पालिकालाई बदनाम गर्ने उद्धेश्यका साथ भएको भन्दै सत्य तथ्य छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउने र यस्ता घटना घट्न सक्ने प्रति सम्पूर्ण पालिका बासीहरु सहजक रहन हुन अनुरोध गर्दै घटनाको पालिका प्रवक्ता नारायण भट्टराईले बिज्ञप्ती मार्फत भत्सना गर्नुभएको छ ।
कार्यलय सहित स्थानीय हरिचन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ र देउ कुमार तामाङ समेतको पसलहरुमा तोडफोड गरि चोरी भएको घटना प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको बताउँदै ईलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरिक्षकको नेत्तृवको टोलीले घटनाका सम्बन्धमा जाँचवुझ तथा आवश्यक अनुसन्धान अघि भइरहेको गाउँपालिकाले जनाएको छ ।