नेपाली कलगर्ल चाहियो ? यसरी सम्पर्क गर्नुहोस ।

काठमाण्डौं । यौन व्यवसायलाई कानूनी मान्यता नदिए पनि नेपालमा लुकिछिपी यौन व्यवसाय गर्ने महिलाहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । ती व्यवसायीहरुले रेड लाईट एरियाको माग गरेर आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न चाहे पनि सरकारले यसको वेवास्ता गरिरहेको छ ।कतिपय महिलाहरुको रोजिरोटी र आत्मनिर्भताका अधार नै यौन व्यवसाय भएको छर्लङ्ग छ । त्यही कारणले पनि होला पछिल्लोपटक नेपाली यौन व्यवसायी महिलाहरुले केही वेभसाइटहरुमा आफ्नो विज्ञापन गर्ने गरेका छन् । त्यस्ता वेभसाइटमा यौनकर्मी महिलाको नाम, ठेगान र सम्पर्क नम्बर मात्र हैन उनीहरुले फोटो समेत राख्ने गरेका छन् । तपाई पनि सशुल्क…

यी सिन्धुपुत्र जसले तेस्रोपटक पनि विश्व कीर्तिमान कायम गरे र लेखाए गिनिजबुकमा नाम

चौतारा । यसअघि दुईपटक सम्म विश्व कीर्तिमान राख्न सफल सिन्धुपुत्र पुष्कर नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान राख्न सफल भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोमार्फत नेपालले तेस्रोपटक पनि विश्व कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वल्ड रेर्कडमा नाम लेखाउन सफल भएका हुन् ।२०७६ असोज १० गते छायांकन गरिएको गीतको भिडियो अहिलेसम्म उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले जनाएको छ । सोलुखुम्बुको गोक्योमा छायाङ्कन गरिएको उक्त गीतको टीममारहेका माधवराज खरेल, पूर्ण राई कमला जोशीसहित नेपाललाई सो सफलता मिलेको…

काखीमा आउने पसिनाबाट कसरी मुक्ति पाउने ?

काठमाडौं । काखीको छाला शरीरको अन्य स्थानको छालाभन्दा धेरै संवेदनशील हुन्छ । यो ठाउँको छालाको स्वच्छता र सुरक्षाको लागि हामीले विशेष ध्यान दिनु जरुरी हुन्छ । अनुहार र शरीरको बाँकी भाग जस्तै काखीको सुरक्षा र स्वच्छताबारे ध्यान दिनु र यसको हेरचाह महत्वपूर्ण हुन्छ । काखीको छाला हामीले हात माथि उठाउँदाबाहेक अरु समय हातले छोपिएर बसेको हुन्छ । यसको अर्थ यो हो कि यो ठाउँमा पर्याप्त मात्रामा पसिना सञ्चित हुने गर्छ । एउटा सेतो सर्ट लगाएर निस्किएको मान्छे साँझ घर आउँदा अन्यत्र फोहोर भए पनि नभएपनि काखीमा भने फरक रंगको फोहोर…

प्रस्ताव ल्याऊ दुई प्रतिशत व्यजमा व्यवसायिक ऋण लैजाउ ।

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले स्वरोजगार तथा उद्यम गर्न चहाने नगरबासीलाई दिने भनिएको सहुलियतको दरको कर्जा प्रवाह प्रकृया सुरु गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्वरोजगार र उद्यम गर्न चहानेहरुलाई तीसदिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।नेपाल बैंक लिमिटेड र नगरपालिकाबीच दुईपक्षिय सम्झौता भई कर्जा प्रवाहको प्रकृया अगाडि बढेको मेयर अमानसिं तामाङले जानकारी दिए । मेयर तामाङका अनुसार कृषि तथा पशुपंक्षी कार्यक्रम, विदेशबाट फर्केका, युवा लक्षित कार्यक्रम, महिला उद्यमशील कार्यक्रम र दलित सीपमा आधारित कार्यक्रमलाई कर्जा प्रवाहमा पहिलो प्राथमिकता दिइने छ ।आवश्यक कागजात बिसौनीbisouni.com

चौरीपालक किसानको संसार नै हिमाली खर्क

जुगल (सिन्धुपाल्चोक) : जुगल गाउँपालिका-३, तेम्बाथनका जाङ्बु शेर्पालाई मेला, पर्व र चाडबाडले कहिल्यै छुँदैन । गाउँलेसँग बिरलै भेट हुन्छ । वर्षमा करिब तीन महिना मात्र उनी गाउँलेको सम्पर्कमा हुन्छन् । वर्षमा नौ महिना खर्कमा फिरन्ते जीवन बिताउने जाङ्बुको निरन्तर सम्पर्क आफ्नै परिवारका सदस्य चौरी र याकसँग मात्र हुन्छ  ।  हरेक वर्षको पुसदेखि कात्तिकसम्मको समय उनको संगत आफ्नै परिवारका सदस्यका अलावा चौरी र आसपासका चौरी पालक किसानसँग मात्र हुने उनी बताउँछन् । आक्कल झुक्कल जंगली जनावरको पनि सामना गर्नुपर्ने जाङ्बु तीन महिना मात्र मानव बस्ती छेउछाउ पुग्ने गर्छन् । पुस्तौदेखि चौंरी पालन…

हातहातमै नगद पाएपछि लिदीवासी खुसी

बाँसखर्क/ प्राकृतिक विपत्तिले गाउँ नै उजाड बनेपछि सुरक्षित स्थान खोज्दै बाँसखर्क आइपुगेका जुगल गाउँपालिका लिदीका पहिरोपीडित भदौरे झरीको चिसोमा दिन कटाइरहेका छन् ।चिसो चउरमा ठडिएका चाइनिज टेन्टको बसाई कष्टकर भएपनि सुरक्षित स्थानमा बस्न पाएकोले लिदीवासीको मन थामेको छ । पहिरोबाट बाँचेर आएका विस्थापितलाई दिनहँु जसो कुनै न कुनै संघसंस्था वा व्यक्तिले राहत पु¥याउने गरेका छन् । राहत लाने सबै संघसंस्थाले गाउँपालिका वा वडालाई जिम्मा लगाउने गरेका छन् ।तर, शुक्रबार फरक तरिकाले राहत वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पहिरोपीडितको हातहातमै नगद रकम वितरण गरिदिएको हो ।…

ढुक्क हुनुहोस् कोरोना षड्यन्त्र होइन, महामारी नै हो : डा. रवीन्द्र पाण्डे

चीनको वुहानमा गत डिसेम्बरमा सिटी स्क्यानबाट पत्ता लागेको कोरोना संक्रमणको महामारी विश्वका सबैजसो देशमा फैलिएको छ । हालसम्म करीब २ करोड ६१ लाख ८४ हजार ५ सय १२ व्यक्ति संक्रमित भएका छन् भने करीब ९ लाख व्यक्तिको मृत्यु भएको छ । कोरोना महामारीको कारण संसार अहिले भाइरस विरुद्धको युद्धमा होमिएको छ । महामारी नियन्त्रण गर्न विश्वका हरेक राष्ट्रले चालेका कदमको कारण एकातर्फ स्पेनिश फ्लूको महामारीमा जस्तो ठूलो मानवीय क्षति भएको छैन भने अर्कोतर्फ आर्थिक रूपमा विश्व ठूलो संकटमा फसेको छ ।दैनिक काम गरेर परिवार पाल्ने आममानिस कोरोना महामारीको कारण अद्वितीय…