साधना केन्द्रमा जनस्वास्थ्यले जनचेतना जगाउँदै

साधना केन्द्रमा जनस्वास्थ्यको संचेतना
मोनिका विश्वकर्मा / चौतारा
स्वास्थ जीवनका लागि गाउँवस्तीमा संचेतनाका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले योग साधना केन्द्रमा पनि आफ्नो कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

कार्यालयले गणतन्त्र दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित साधना केन्द्रमा बुधबार एक दिवसीय जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

जनचेतानामूलक कार्यक्रममार्फत सबै नागरिकलाई आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै बन्न हौसला दिने उदेश्यले आयोजित कार्यक्रममा जनस्वास्थ्य प्रमुख दुर्गा बजगाइ, योग गुरु किरणमान श्रेष्ठ, पतञ्जली योग जिल्ला समिति, सिन्धुपाल्चाकका अध्यक्ष नातिबाबु धिताल, उपाध्यक्ष शोभा उलक, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका निर्वतमान अध्यक्ष जीवन श्रेष्ठ लगायत साधकसाधिकाहरुको उपस्थिति रहेको थियो ।

पतञ्जली योग जिल्ला समिति सिन्धुपाल्चोकका अध्यक्ष धितालद्वारा सञ्चालित कार्यक्रममा जनस्वास्थ्य प्रमुख बजगाइले हरेक नागरिकहरुले आफ्नो स्वास्थ्यप्रति आफै सचेत बन्दै स्वास्थ जीवनयापनका लागि आफै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उपाध्यक्ष शोभा उलकले स्वस्थ रहनका लागि आफ्नो जीवनशैलीमा परिवर्तन गर्दै योगसाधनामा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष श्रेष्ठले रोग लाग्नु भन्दा रोग लाग्न नदिनका लागि अग्रसर हुनुपर्ने बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानको सो अवसरमा रक्सी, चुरोट एवम् सुर्तिजन्य पदार्थ सेवन नगर्ने, नियमिति योग तथा व्यायम गर्ने, आफ्नो, आफनो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहेन जस्ता १० बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा सहभागिहरुको मधुमेह र उच्च रक्तचाप जस्ता नसर्ने रोगको परीक्षण र निदान पनि गरिएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्