सञ्चारकर्मी दुर्गा आचार्यलाई महिला सशक्तीकरण पत्रकारिता पुरस्कार

सिन्धुपाल्चोककी दुर्गा आचार्यलाई महिला सशक्तीकरण पत्रकारिता पुरस्कारकाठमाडौ । प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट यो बर्ष सिन्धुपाल्चोककी दुर्गा आचार्य पुरस्कृत हुने भएको छ ।प्रेस काउन्सिल नेपालको बार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कारबाट सिन्धुपाल्चोककी आचार्य लगायत विभिन्न जिल्लाका गरि ६ जना पुरस्कृत हुने काउन्सिलले जनाएको छ । बिभिन्न सञ्चार माध्यममा आवद्ध रही सक्रिय पत्रकारिता गर्दै आएकी आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककी पूर्व उपाध्यक्ष तथा प्रेस युनियन सिन्धुपाल्चोककी निवर्तमान अध्यक्षसमेत हुन् ।१ लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार भने निर्मला शर्मालाई प्रदान गर्ने काउन्सिलले निर्णय…

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुने

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुने

सिन्धुपाल्चोक टेबुल टेनिस संघ गठन हुनेचौतारा । सिन्धुपाल्चोक जिल्लामा नै पहिलोपटक टेबुल टेनिस संघ गठन हुने भएको छ ।टेबुल टेनिस खेलको विकास र विस्तारसँगै जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने हेतुले जिल्ला सदरमुकाम चौतारामा टेबुल टेनिस संघ गठन हुन लागेको हो ।संघ गठनका लागि महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका मिलन लामाका अनुसारअसोज ५ गते शुक्रबार बिहान ११:०० बजे होटेल अरनिकोमा गठन कार्यक्रमको आयोजना हुनेछ । उहाँले खेलप्रेमीहरुलाई उपस्थितिका लागि पनि अनुरोध गर्नु भएको छ । बिसौनीbisouni.com

चथा : पर्वको प्रसाद वितरण

म्हसिका पुच चैताराले चथा पर्वको अवसरमा प्रसाद वितरण कार्यक्रमको आयोजना गरेको छ ।नेवारी संस्कृति अनुसार हरेक भदौ चतुर्थीको बेलुकी मनाउँदै आएको चथा: पर्व लोपोन्मुख भएको भन्दै संरक्षण गर्ने उदेश्यले चथा: पर्वको प्रसाद वितरण कार्यक्रम आयोजना गरेको हो ।बुधबार साँझ कृष्ण मन्दिर परिसर चौतारामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले चथा पर्वसँग जोडिएको धार्मिक महत्वको चर्चा गर्दै लोपोन्मुख संस्कृति संरक्षणका लागि म्हसिका पुचले गर्दै आएको पहल प्रसंशनीय रहेको बताउनुभयो । समाजसेवी हरिगोपाल श्रेष्ठले चथ: पर्वको महिमा, कथा र शुरुआत बारे चर्चा गर्नुभयो ।अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको…

सडकमा शिक्षक !

काठमाडौँ । आज दिनभर मिस सरहरुले राजधानीको माइतीघर कब्जा जमाएका छन् । आन्दोलनमा आएका झण्डै लाखभन्दा बढी शिक्षकहरुले राजधानीको माइतीघर कब्जामा लिएका हुन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् । महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुगी वृहद कोणसभा गरेका छन् । नेपाल विद्यालय…

समाजवादी जिल्ला कमिटी सदस्यसहित ११० जना माओवादी केन्द्रमा प्रवेश

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चानको झण्डै २ सातापछि सिन्धुपाल्चोका समाजवदी भने माओवादीमा रुपान्तरित भएका छन् । आज माओवादी केन्द्रमा प्रवेश गर्नेहरु अधिकाँश एकीकृत समाजवादीसँग आवद्ध रहेका नेता कार्यकर्ता रहेका छन् । चौतारा । एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । २०४८ सालदेखि एमालेमा सकृय रहँदै आएका महत २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का वडा अध्यक्ष पनि हुनुहुन्छ । एमाले पार्टी टुक्रिएसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहँदै आउनु भएका महतले बुधबार माओवादी केन्द्रका…

दक्षिण कोरियामै रोकिए दीपशिखा

काठमाडौं । डाक्टरको प्रेस्किप्सन बिनाको औषधि बोकेर दक्षिण कोरिया पुगेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ अनुसन्धानको दायरामा तानिएका छन्। दक्षिण कोरियाली प्रहरीले उनलाई अनुसन्धान नसकेसम्म देश छाड्नका लागि रोक लगाएको हो । एक महिनाअघि उनी दक्षिण कोरिया पुगेका थिए। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले नेपाली राजदूत ज्योती प्याकुरेलका लागि औषधी लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या रहँदै आएको र राजदूत प्याकुरेलको आग्रहमा उनले सो औषधि बोकेर गएको बताइन्छ । पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी राजदूत प्याकुरेलले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन्। तर…

सिन्धुपाल्चोकको सुकेटेमा चार्जिङ स्टेशन सञ्चालनमा

सिन्धुपाल्चोकको सुकेटेमा चार्जिङ स्टेशन सञ्चालनमा

सिन्धुपाल्चोकको सुकेटेमा चार्जिङ स्टेशन सञ्चालनमाचौतारा ।सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटेमा विद्युतीय सवारी साधनहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । सुकुटेका होटल व्यावसायी रामचन्द्र खडकाले सिन्धुपाल्चोकमा नै पहिलो पटक विद्युतीय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हुन् । सुकुटे पेट्रोल पम्प अगाडि रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखिएको छ ।पछिल्लो समय विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गरेका हुन् । एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क…

न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पण

न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पणकाठमाण्डौं । जीवन हिडाईहरुको शृङ्खला हो । हिड्दा हिड्दै, पाईतो सार्दा सार्दै अनेक अनुभव र अनुभूतिका आरोह र अवरोहभित्र जीवनको यात्रा कतै दुखान्त भएर त कतै सुखान्त भएर यात्रारत रहिरन्छ । फरक यति न हो कसैले ती दुखान्त वा सुखान्त अनुभव र अनुभूतिहरुलाई लिपिबद्ध गरेर जिवन्त बनाउन सफल हुन्छन् त कसैले कसैले सम्झनाका शोकेशमा सजाएर राख्ने प्रयत्न गर्ने गर्छन् । यसै मेलोमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी ६ पीपलडाँडाका लेखक पून्यप्रासद न्यौपानेले भने आफ्ना ती र त्यस्तै अनुभव र अनुभूतिलाई भने लिपिवद्ध गर्दै जिवन्त बनाउने प्रयत्न गरेका छन् ।शुक्रबार…

चौतारा बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन

चौताराको बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन

प्रतिक्षालय र नागरिक सहायता कक्षामा एकातिर यात्रुहरुले प्रतिक्षालयको उपभोग गर्नेछन् भने अर्कातिर २४ घण्टा प्रहरीले त्यहाँबाट आवश्यक शान्तिसुरक्षासँगै अन्य सहयोग सर्वसाधरणलाई प्रदान गर्नेछ । चौतारा । जिल्ला सदरमुकाम चौताराको बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा आएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ ले निर्माण गरेको प्रतिक्षालय र नागरिकता सहायता कक्षको बुधबार नगरकी उपप्रमुख सीता थापाले उद्घाटन गरेपछि प्रतिक्षालय र सहायता कक्षको औपचारिकरुपमा सञ्चालनमा आएको हो ।उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सीता थापाले नगर विभिन्न क्षेत्रभित्र सहायता कक्षको आवश्यकता रहेकोले नगरपालिकाले यस्तो संरचना निर्माणमा सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्रकट…

एमाले उपाध्यक्ष नेम्वाङको निधन ! पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौं।संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उहाँको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १:२० बजे अस्पताल ल्याएको थियो । यसैबीच शिक्षण अस्पतालमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् संसदीय दलका उपनेता…