न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पण

न्यौपानेका “हिँडिएका पाइलाहरु” लोकार्पण
काठमाण्डौं । जीवन हिडाईहरुको शृङ्खला हो । हिड्दा हिड्दै, पाईतो सार्दा सार्दै अनेक अनुभव र अनुभूतिका आरोह र अवरोहभित्र जीवनको यात्रा कतै दुखान्त भएर त कतै सुखान्त भएर यात्रारत रहिरन्छ । फरक यति न हो कसैले ती दुखान्त वा सुखान्त अनुभव र अनुभूतिहरुलाई लिपिबद्ध गरेर जिवन्त बनाउन सफल हुन्छन् त कसैले कसैले सम्झनाका शोकेशमा सजाएर राख्ने प्रयत्न गर्ने गर्छन् । यसै मेलोमा सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी ६ पीपलडाँडाका लेखक पून्यप्रासद न्यौपानेले भने आफ्ना ती र त्यस्तै अनुभव र अनुभूतिलाई भने लिपिवद्ध गर्दै जिवन्त बनाउने प्रयत्न गरेका छन् ।
शुक्रबार काठमाडौ, नयाँ बानेश्वर, थापागाउँ बैंकेटमा उनै स्रष्टा न्यौपानेको अनुभव र अनुभूतिहरुको साँगालो ” हँडिएका पाइलाहहरु” लोकार्पण भयो ।

साहित्यकार बामनप्रसाद न्यौपाने र शंकरप्रसाद कोइरालाले लोकार्पित कृतिमाथि टिप्पणी गर्दै संग्रहमा संग्रहित सामाग्रीहरु कोरा अनुभव र अनुभूतिहरुको चाङ नभई सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक र प्रशासनीक लगायतका क्षेत्रसँग जोडिएका दस्तावेज भएको बताए । अघिल्लो पुस्ताका अनुभव र अनुभूतिले एकातिर वितेको सामाजिक अवस्थाको चित्रण गर्ने र अर्कोतिर आगामी पुस्तालाई सकारात्मक दिशा निर्देश गर्ने टिप्पणीकारद्वयको भनाई थियो । टिप्पणीकार कोइरालाले परिवेश र प्रवृत्ति पुस्तकमा आए पनि पात्र लुकाएकोमा भने दुख व्यक्त गरे ।
साहित्यपोष्ट प्रकाशक रहेको ” हिँडिएका पाइलाहरु ” को लोकार्पण कार्यक्रममा नेपालका प्रशासनिक सेवा क्षेत्रमा लामो समय कार्यरत पूर्व एवम बहालवाला कर्मचारी, साहित्यकारहरुको बाक्लो उपस्तिथि रहेको थियोब। प्रोफेसर कपिल श्रेष्ठ, पुन्यप्रसाद दंगाल, सूर्यनाथ उपाध्याय लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम साहित्यपोष्टका अध्यक्ष अश्विनी कोइरालाको सभाध्यक्षमा भएको थियो ।

जीवनको ३० बर्ष निजामती कर्मचारी भएर नेपाल सरकारका सचिबकोसमेतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका न्यौपानेको यो पहिलो कृति हो ।

सिफारिस

प्रतिकृया दिनुहोस्