सञ्जालको तीज कार्यक्रम । संस्कृतिलाई विकृति नबनाओं – मेयर सापकोटामोनिका विक/ चौतारा । नजकिँदो हरितालिका तीजको अवसर पारेर नगर महिला संजाल चौतारा साँगाचोकगढीले दोहोरी गीत तथा दर खाने कार्यक्रमको आयोजना गरेकोछ ।कार्यक्रमको मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्नुभयो ।शहिद प्रतिष्ठान, चौतारामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले महिलाहरुको महान तथा सांस्कृतिक पर्व तीज पछिल्लो चरण विकृत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसलाई अनावश्यकरूपमा तडकभडक नगरि सुसंस्कृति र सुललित ढंगले मनाउन उहाँले आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले तीजलाई धर्म र संस्कृतिसँगै महिला सशक्तीकरण र सवलीकरणका…
Category: समाचार
यस्तो छ माओवादी तीन महिने अभियानका लक्ष्य
यस्तो छ, माओवादी अभियानका तीन लक्ष्य सत्तारुढ नेकपा माओवादी केन्द्रले भोलिदेखि थाल्ने तीनमहिने विशेष अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य तय गरेको छ । माओवादीले २५ लाख मतदातालाई भेटेर सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा सरकारले गरेका कामबारे जानकारी गराउने अभियानको लक्ष्य बनाइएको हो । संगठन सुधारका लागि ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाउन लागेको माओवादीले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्न केन्द्रीय सदस्यहरुलाई खटाएर प्रत्येक घरमा पुग्ने योजना बनाएको छ । जसअन्तर्गत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत सातवटै प्रदेशका एक–एक वटा वडामा पुग्नेगरी कार्यक्रम…
चौतारामा भोलि गाईजात्रा भव्य हुने
चौतारा । नेवार समुदायभित्रको विशेष पर्व गाईजात्रा अर्थात सापारु भदौ १४ गते नै मनाउने भएको छ। नेवार समुदायभित्र कतै सापारु पर्व मनाउने सवालमा अन्यौलता छाइरहेको बेलामा सिन्धुपाल्चोक जिल्लाका सदरमुकाम चौतारामा भने १४ गते नै सापारु मनाइने भएको हो ।कुनै पनि दुईवटा चाड एकै दिनमा मनाउने संस्कार नेवार समुदायमा नरहे पनि यसपटकको क्वाँति पून्ही र गाईजात्रा नेपाली पात्रो अनुसार एकैदिन परेको हुना भदौ १४ गते नै दुईवटा चाड एकै दिन मनाउने निर्णय भएको सिन्धु नेवा खलका उपाध्यक्ष कमल चरण कक्षपतिले जानकारी दिनुभयो ।सापारु पर्व भक्तपुर, ललितपुर लगायत उपत्यका बाहिरका जिल्लाहरुमा १४…
सिन्धुपाल्चोकका ८ वटा पालिकालाई चाहियो न्यायिक सहजकर्ता
चौतारा । सिन्धुपाल्चोकका ८ वटा स्थानीय तहका लागि स्थानीय न्यायिक सहजकर्ता पदमा कर्मचारी माग भएको छ ।बागमति प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्लाका ८ वटा पलिकामा न्यायिक सहजकर्ताको रुपमा कर्मचारी मागेका हुन् ।मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै जिल्लाको बलेफी, लिसंखुपाखर, जुगल, त्रिपुरा सुन्दरी, पाँचपोखरी थाङपाल, भोटेकोसी, हेलम्बु र सुनकोसी गाउँपालिकाका लागि स्थानीय न्यायिक सहजकर्ता पद आवेदन माग गरेको हो । स्थानीय न्यायिक सहजकर्ता ( नियुक्ति तथा परिचालन ) कार्यविधि, २०८० बमोजिम गाउँपालिकाहरुमा न्यायिक सहजकर्ताको पद रिक्त रही २०८१ असार मसान्तसम्मका लागि करार पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना…
चार महिनादेखि तातोपानी भन्सारमा रासायनिक मल अलपत्र
सिन्धुपाल्चोक । ल्हासामा सुन छ कान मेरो बुच्चे भने जस्तै सिन्धुपाल्चोक तातोपानी भन्सार कार्यालयमा विगत झण्डै ४ महिनादेखि टनका टन मल थन्किएको छ तर त्यही सिन्धुपाल्चोकका किसान भने मल अभावमा भौतारिन वाध्य छन् ।उनीहरु एक किलो मलका लागि घण्टौं लाइनमा बस्न वाध्य भएका हुन् ।धान र कोदो रोप्ने मुख्य सिजनमा रासायनिक मल नपाएर छटपाएका किसानहरु दुखजिलो गरेर रोपेको त्यही धान र कोदोको बढ्दो बालिमा मल हाल्नका लागि यतिखेर घण्टौं भदौरे घाममा उभिनु परेको छ । उनीहरु मल खोज्दै डिपो, केन्द्र र इजाजत प्राप्त सहकारी संस्थातिर धाउन थालेका हुन् ।यता तातोपानी…
ललितपुरले ग¥यो हेलम्बुलाई आर्थिक सहयोग
ललितपुर महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलव्ध गराइएको छ ।विपद व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले हेलम्बु गाउँपालिकालाई रु १२ लाख रुपैयाँ सहयोग उपलव्ध गराइएको हो ।यस वर्षको मनुसन सरु भए लगत्तै बाढी र पहिरोबाट क्षति वेहोर्दै आएको हेलम्बुले शुक्रबार ठूलै क्षति बेहोर्नु परेको थियो । अविरल वर्षासँगै भदौ ८ गते आएको मेलम्ची बाढीले यस भेगकै शैक्षिक केन्द्र सरस्वती माविको २ वटा शौचालय र एउटा भवन बगाएको थियो ।बाढी र पहिरोले मेलम्ची हेलम्बु सडक खण्ड अवरुद्ध हुनका साथै डिहीस्थित हाइटेनशन लाइनको पोल ढल्दा विजुली आपूर्तिसमेत प्रभावित भएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा…
सिन्घुपाल्चोकमा क्रिकेटको क्रेज बढ्दो
सिन्धुपाल्चोकसंसारभरि क्रिकेटको क्रेज बढिरहेको बेला सिन्धुपाल्पाल्चोक जिल्ला पनि यसको क्रेजबाट अछुतो हुने कुरै भएन । हालै गठन भएको जिल्ला क्रिकेट संघले जिल्लामा पनि क्रिकेटको क्षेत्रमा गतिविधि बढाउनका लागि एक पालिका दुई खेलाडी प्रशिक्षण अभियान नै थालेको छ । अभियान अन्तर्गत संघको पहलमा पाँचपोखरी थाङपाल गाउँपालिकाले युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाइ सकेको छ ।इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको छ । अलराउन्डर नेपाललाई भारतमा एक महिना विशेष प्रशिक्षणका लागि पठाउन लागिएको हो । शनिवार एक कार्यक्रमबीच पालिकाले नेपालको बिदाइ गरेको…
भाषा, संस्कृति संरक्षणका लागि म्हसिका पुच गठन । नेपाल भाषामा हाजिर जवाफ प्रतियोगिता
चौतारा । म्हसिका पुच चौताराले नेपालभाषा संरक्षण र संवद्र्धन गर्ने उदेश्यले नेपाल भाषामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । नेवार संस्कृति, संस्कार र सम्पदाको संरक्षण एवम् विकास, निर्माण र जनजिविकाको क्षेत्रमा महिलाहरुलाई सशक्तरुपमा सहभागि गराउने योजनाका साथ गठन भएको पुचले शनिबार भाषा संरक्षणका लागि नेपाल भाषामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नारायणदेवी प्रधानको समूह प्रथम र विना कक्षपतिको समूह दोस्रो भएको पुचकी उपाध्यक्ष गुणकेशरी श्रेष्ठले जानकारी दिनुभयो । गणेश मन्दिर र भीमसेनस्थानसँगै कृष्ण मन्दिर परिसरमा सरसफाई पश्चात सुरु भएको हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि…
२३ औं वर्षमा चौतारा क्याम्पस । गुणस्तरिय शिक्षा श्रीवृद्धिका लागि कटिवद्ध छु – मेयर सापकोटा
जिल्ला सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसले २३ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो । सो अवसरमा मेयर सापकोटाले सिंगो नगरपालिाकाको शैक्षिक गुणस्तरियताका लागि नगरपलिका कटिवद्ध रहेको बताउनु भयो । गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार नहुने भन्दै मेयर सापकोटाले गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले चौतारा क्याम्पसलाई दिंदै आएको सहयोगमा बढाइने पनि प्रतिवद्धता जाहेर गर्नुभयो । पूर्व माननीय कृष्णराज श्रेष्ठ, निर्वतमान मेयर अमानसिं तामाङ, ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ,…
चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतलाई मिल्यो ऐतिहासिक सफलता
नयाँदिल्ली । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै भारतले चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ । यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत् पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए । ‘भारत चन्द्रमामा पुगेको छ’, जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री…
