सडकमा शिक्षक !

काठमाडौँ । आज दिनभर मिस सरहरुले राजधानीको माइतीघर कब्जा जमाएका छन् ।


आन्दोलनमा आएका झण्डै लाखभन्दा बढी शिक्षकहरुले राजधानीको माइतीघर कब्जामा लिएका हुन् ।


सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।


महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुगी वृहद कोणसभा गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्का गंगाराम तिवारीले हजारौँ शिक्षक कर्मचारीहरू काठमाडौंमा आएको भन्दै आफूहरुको माग सम्बोधनका लागि सरकारलाई बाध्य पारिने बताए ।


शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्