कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित हुने

सोमबार परीक्षा स्थगन सम्वन्धी कतिपय मिडियाले समाचार बनाएपछि कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणी पौडेलले बताए । काठमाण्डौं । सावन ३१ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको हो ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका…

हेलम्बुको लाइफलाईन रातो पुलसँगै १७ घर बगायो

हेलम्बुको लाइफलाईन रातो पुलसँगै १७ घर बगायो ।चौतारा । शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका, चनौटेस्थित रातो पुल बगाएको छ । बाढीले १७ भन्दा बढी घर बगाएको प्रहरीले जनाएको छ ।हेलम्बुको लाइफलाइनको रुपमा स्थापित रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकाको ६ वटा वडा, मेलम्ची नगरपालिकाको २ वटा वडा र पाँचपोखरी थाङपाल गाउँपालिकाको १ वटा वडामा आवतजावत गर्ने सडक मार्ग टुटेको छ ।शनिबार बेलुकीदेखि मेलम्ची खोलामा आएको बाढीले आइतबार विहान सो पुल बगाएको हो । पुल बगाएपछि हेलम्बुसँगको सम्पर्क संपूर्णरुपमा टुटेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनु भयो । हेलम्बु…

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् । दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् । यस्तै सुन खरिद गरेको आरोपमा…

स्वास्थ्य मापदण्ड पालना गर्न छोडेपछि तेस्रो भेरियन्टको चेतावनी ।

घट्दो सतर्कता, बढ्दो जोखिम ! चौतारा । स्वास्थ्य मापदण्ड पालनाप्रति आम नागरिकको वेवास्ता बढेसँगै जिल्लामा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुनेतर्फ विज्ञ तथा सरोकारवालाले सचेत गराएका छन् ।निषेधाज्ञा हटाएपछि समाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनाप्रति नागरिकले वेवास्ता गर्न थालेको निष्कर्ष निकाल्दै विज्ञ तथा सरोकारवालाहरुले सेचत रहन नागरिकलाई आग्रह गरेका हुन् ।जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमी आएपनि पूर्ण रुपले भाइरस नियन्त्रणमा आइनसकेको हुँदा स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई अनुरोध गर्नुभयो ।लकडाउन हटाएसँगै नागरिकहरुले मास्क, स्यानिटाईजरको प्रयोग गर्न छोडेकोप्रति चिन्तित हुँदै अधिकृत…

नेकपा माओवादी केन्द्रद्वारा बाढी प्रभावित ३ पालिकालाई ६७ लाख सहयोग

 चाैतारा । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको ३ वटा पालिकालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ ।  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका पुर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) र नेता चन्द्र बहादुर थापाको विशेष पहलमा ३ वटा पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।  बागमती प्रदेशभित्र नेकपा माओवादी केन्द्रले प्रतिनिधित्व गरेका स्थानीय तहहरुबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल् गाउँपालिकामा हस्तान्तरण गरिएको माओवादी नेता चन्द्रबहादुर थापा किशोरले जानकारी दिनुभयो ।  मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २३ लाख २९ हजार ९…

ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू : डा. हेमराज कोइराला

मधुमेहलाई मूलतः १. टायप वान मधुमेह, २. टायप टू मधुमेह . ३.गर्भावस्थामा हुने मधुमेह र ४. अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरीएकोछ। टायप १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह ,बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप २ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरुहुने मोटोपनासँग सम्बिन्धीत जस्तानामले सम्बोधन गरीन्छ।तेसैगरी गर्भावस्थाको कारणले हुने मधुमेह तश्रो प्रकारको मधुमेह हो भने, ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावश्था जस्तैः– प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसि¨ सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो…

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार : डा. हेमराज कोइराला

अनुहारको एकापट्टिको भाग बाङ्गीने रोगलाई अनुहारको पक्षघात भनिन्छ । यो रोग अनुहारलाई स्नायूँ आपुर्ति गर्ने नशा फेसियल नर्भले स्नायु आपूर्ति सुचारु गर्न नसक्दा देखापर्ने गर्दछ । यो समस्याले प्रायः अनुहारको एकापट्टिको भागलाई मात्र प्रभावित गर्ने गरेता पनि प्रभावित भएकाहरु मध्ये एक प्रतिशतमा अनुहारको दुवैतिर पनि समस्या देखिने गरेको छ। एक लाख जनामध्ये २५ जनामा लाग्ने तथ्य रहेको यो रोग प्रायः गर्मीयाममा भन्दा जाडोयाममा ज्यादा देखिने गरेको छ । पूर्व सूचना र संकेत बिनै अचानक लाग्ने र तत्काल उपचार नगरे व्यक्तित्व र सौन्दर्यतामा समेत दिर्घकालिन असर पार्ने यो रोगले ज्यानै लिई…

आँप खानेबित्तिकै खान नहुने यी खानेकुराहरूः डा. हेमराज कोइराला

आँप खानेबित्तिकै खान नहुने यी खानेकुराहरूः डा. हेमराज कोइरालाआँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसंग आप खादाँ अथवा खाँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गदैन भन्ने कुराको ज्ञान हुँन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ। यसर्थ आँपसंग एकसाथ खाननहुने…

तातोपानी भन्सार कार्यालयबाट लक्ष्य भन्दा कम राजश्व संकलन

चौतारा । नेपाल चीनबीचको प्रमुख व्यापारीक तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७÷ ०७८ मा एक अर्व दुई करोड रुपैयाँ राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुुसार गएको आर्थिक वर्षभित्र ५ अर्व ४७ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो ।कोरोना महामारी, लकडाउन र बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि राजश्व संकलनमा गिरावट आएको हो । गएको आर्थिक वर्षमा ४ महिना मात्र नाका सञ्चालनमा आएको भन्सार अधिकृत नारद गौतमले जानकारी दिनु भयो । गत असार २ गते आएको…

चौतारा साँगाचोकगढी वडा न ९ का अध्यक्ष विष्णु लामामाथि कार्वाही

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न ९ का अध्यक्ष विष्णु लामालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीले कार्वाही प्रकृया अगाडि बढाएको छ । निरन्तर पार्टी हित विपरित लागेको आरोप लगाउँदै अध्यक्ष लामाको जनप्रतिनिधि पदबाट नै निष्काशन हुने गरि नेकपा माओवादी केन्द्रले कार्वाही प्रकृया अगाडि बढाएको हो ।२०७४ सालको स्थानीयत तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी अध्यक्ष लामा पछिल्लोपटक नेपाल कम्युनिष्ट पार्टी एमालेको गतिविधिमा संलग्न हुँदै आएको छ । एमाले र माओवादीबीच भएको पार्टी एकीकरण बाट बनेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहँदै आएका लामा नेकपा एमाले र माओवादी केन्द्र पुन छुट्टा…