चौतारा साँगाचोकगढी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदको लागि अनुमित दिन माग गरेको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो । कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै नगरवासीको जीवन रक्षा गर्न नगरकै स्रोत साधनले खोप किन्न अनुमित मागेको प्रमुख अमानसिं तामाङले बताए । ‘संघीय सरकारले विविध कारणले खोप आपूर्ति गर्न सकिरहेको छैन,’ उनले भने, ‘सरकारले नसक्ने हो भने अनुमति दिएको खण्डमा स्थानीय सरकारले खोप किनेर आफ्ना नगरवासीलाई उपलब्ध गराउँछ ।’ नगर कार्यपालिका बैठकले कोरोना महामारीबाट नगरवासीलाई जोगाउन खोप नै…
Author: बिसौनी
कोरोनाको हटस्पट बन्दै ठूलोसिरुवारी
चौतारा साँगाचोकगढी वडा न ४ कुविण्डे र वडा न ९ पछि कोरोना हटस्पटको रुपमा अर्को वडा न १३ ठूलोसिरुवारी देखिएको छ ।पछिल्लो २४ घण्टाको स्वाब परीक्षणको नतिजा अनुसार ठूलोसिरुबारी एकैदिन ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विहीबार ८७ जनामा गरिएको स्वाब संकलनमा ३३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यसपछि सदरमूकाम रहेको वडा न ५ मा पनि संक्रमितको संख्या बढ्दो छ । विहीबार नै गरिएको परीक्षणमा ९ जनाका कोरोना पोजेटिभ नतिजा आएको छ । विहीबार जिल्लाभरि गरिएको २२६ जनाको स्वाब परीक्षणमा…
गायक प्रेमध्वज प्रधानको निधनले गृह जिल्ला सिन्धुपाल्चोक शोकाकूल
चौतारा । बरिष्ठ संगितकार एवम् गायक प्रेमध्वज प्रधानको निधनले उहाँको गृह जिल्ला सिन्धुपाल्चोक शोकाकूल बनेको छ ।विहीबार दिउँसो १ः४५ बजेतिर गायक प्रधानको देहवशानको खबरले सारा सिन्धुपाल्चोकमा शोक छाएको हो । विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको सदरमूकाम चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मनु भएको स्व. प्रधानको बाल्यकाल चौतारामा वितेको थियो । चौतारास्थित तत्कालीन श्री कृष्ण विद्याश्रमबाट उहाँले कखरा सिक्नु भएको थियो ।सानै उमेरदेखि सांगीतिक माहौलमाा हुर्केका स्व. प्रधानको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुचि राख्नु हुन्थ्यो । उहाँको घरमा दिनहुुँ जस्तो कार्यक्रम…
कसरी जन्मियो चर्चित गीत घुम्तीमा नआउ है । सुनौं गायक प्रधानकै आवाजमा(भिडियोसहित )
चौतारा । त्यसो त सिनेमाका कथाहरु मात्र सिक्वाइन्समा लेख्ने गरिन्छ तर घुम्तीमा नआउ है बोलको गीत पनि सिक्वाइन्समा लेखिएको बताउँनु हुन्छ वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान । आज भन्दा झण्डै ५५ वर्ष अगाडि स्वाराङ्कन भएको यो गीत आज पनि उत्तिक्कै लोकप्रिय छ । गायक प्रेम ध्वज प्रधानका अनुसार एक युवक र युवतीबीचको सामिप्यता र प्रणय प्रसंगको सिक्वाइन्समा यो गीत लेखिएको हो । सुनौ गायक प्रेमध्वज प्रधानको आवाजमा कस्तो खालको सिक्वाइन्सबाट लेखिएको रहेछ सर्वाधिक चर्चित गीत घुम्तीमा नआउ है बिसौनीbisouni.com
संक्रमितलाई भेट्दै सिन्धुका माओवादी नेताहरु
चौतारा । कारोना भाइरस संक्रमणले छपक्कै छोपेको बेला नेकपा माओवादी केन्द्रका नेताहरु भने संक्रमणको हट स्पर्टमा नै गएर संक्रमितको अवस्था बुझ्न थालेका छन् । पछिल्लोपटक संक्रमणको हट स्पर्ट बनेको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ कुविण्डेका संक्रमितहरुको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेताहरु बुधबार कुविण्डे पुगेका हुन् ।जनता अप्ठेरामा परेको बेला हामी पनि जनतासँगै छौं भन्ने सन्देश दिन मात्र होइन संक्रमितको समस्या समाधान गर्न आफूहरु संक्रमितसँग भेटघाटमा रहेको नेकपा माओवादी सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा सुवोधले बताएबुधबारसम्म कुविण्डेमा संक्रमितको संख्या ३२ पुगिसकेको र…
सिन्धुपाल्चोकमा निषेधाज्ञासहित दुई वडा सिल गरियो ।
चौतारा । कोभिड १९ का संक्रमितहरु बढ्न थालेपछि सिन्धुपाल्चोक जिल्लामा निषेधआज्ञा जारी भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बेलुकी १२ बजेदेखि बैशाख ३१ गतेसम्मका लागि सिन्धुपाल्चोक जिल्लालाई पूर्ण लकडाउन गर्ने निर्णय गरिएको हो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका दुई वडालाई सिल गर्ने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा ४ र ९ मा कोभिड १९ का संक्रमितहरु अत्याधिकरुपमा देखा पर्नका साथै वडा ४ का दुईजनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएपछि ती दुई वडालाई…
अप्ठ्यारोमा परेकालाई तुरुन्त सम्पर्क राख्न चौतारा साँगाचोकगढीको अनुरोध
आपतकालीन सेवा चुस्त राख्न चौतारा साँगाचोकगढीले फोकल पर्शन तोकियो ।चौतारा ।बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितहरुसँग समन्वय गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पर्क व्यक्ति तोकिएको छ ।आज बसेको नगरपालिकाको बैठकले आपतकालीन सेवा चुस्त दुरुस्त राख्नका साथै कोही कसैलाई तत्काल एम्बुलेन्सको आवश्यक परे रोहित शर्मालाई ९८५१२३४५७४ मा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै संक्रमितहरुसँग समन्वय गर्नका लागि स्वास्थ्य शाखा प्रमुख शिबबहादुर पुरीलाई ९८४१५३८४५७ र आइसोलेशनका लागि चिरञ्जिबी कट्टेललाई ९८५११५१६८२ मा तत्काल सम्पर्क राख्न अनुरोध गरेको छ । नगरपालिकाको यो निर्णयले एमर्जेन्सी सेवा चुस्त हुने स्थानीयले विश्वास लिएका छन्…
कोरोनाको राजधानी बन्दै चौतारा । नियन्त्रणका लागि २४ गतेबाट कडा लकडाउन
चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा पछिल्लोपटक कोरानासंक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । कोरोनाको नमूना संकलन व्यापक नगरिए पनि चोक चोकमा कोराना संक्रमितहरु देखा पर्न थालेपछि चौतारा कोरोनाको हटस्पट बन्ने संकेत देखिएको हो ।चौताराको टुँडिखेलदेखि बाजोखेतसम्म कोरोना संक्रिमितहरु देखापर्न थालेको वडा अध्यक्ष नरमान श्रष्ठले बताए । त्यसो त चौतारा बसपार्क, कप्तानपाटी र गैरी गाउँमा पनि लक्षण देखिएको संक्रमितहरु देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।चौताराको शहीदचोक, (मिलन मेगा बैंक )चोक, प्रेसचोक भिन्तुना चोक, भीमसेन र कृष्ण मन्दिर परिशरका केही स्थानीयमा पनि कारोना संक्रमण पुष्टि भईसकेको छ । चोकचोकका स्थानीयहरुमा कोरोना…
मध्य भोटेकोशीको आईपिओ आजदेखि, सिन्धुपाल्चोक र काठमाडौँमा कहाँ कहाँ दिने आवेदन ?
मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र…
सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा थप २६ जनालाई कोरोना पुष्टि ।
चौतारा । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा थप २६ जनालाई कोरोना पुष्टि भएको छ । हेलम्बु गाउँपालिकाका ९ जना, बाह्रबिसे नगरपालिकाका ३ जना, चौतारा साँगाचोकगढीका १० जना र सुनकोसीका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगैं जिल्लामा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ । साथै दोस्रो लहरमा संक्रमित भएर तीन जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने तीनै जना चौतारा नगरपालिका हुन् । बिसौनीbisouni.com
