सांसद नेपालद्वारा प्रसुती केन्द्र उद्घाटन


निर्मल बस्नेत
(२०८० बैशाख ४ ) बागमती प्रदेशसभा सदस्य अमृता नेपाल प्रभाले आईतबारर एक कार्यक्रमका बीच बलेफी गाउँपालिका वडा नम्बर ६ मांखा जालबारीमा प्रसुति सेवा केन्द्रकाे उद्घाटन गरेकी छिन् ।
कार्यक्रममा सांसद नेपालले महिलाहरुकाे प्रजनन क्षमता र स्वास्थ्यमा गाउँपालिकाले चालेकाे कदम अनुशरणीय र औचित्यपूर्ण रहेकाे बताइन । उनले स्थानीय रुपमै सेवा लिन पाउने अवसर दिलाउन आफु र आफू सम्बद्ध पार्टी सदैव लागिपरेकोले सम्भव भएकाे जिकिर गरिन् ।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीयलाई गाउँघरमै सेवाप्रवाह गर्ने प्रतिबद्धता अनुरुप कार्यक्रम अगाडि बढाईएकाे जानकारी गराए ।गाउँपालिकाले अाधारभुत स्वास्थ्य केन्द्र जालबारीमा प्रसुती सेवा केन्द्रको उद्घाटन गर्दै सेवा बिस्तार गरेको हाे । गाउँपालिकाले मांखा ,ब्वासे,बर्दपा र जालबारी आसपास क्षेत्रमा घरमै सुत्केरी हुने दरलाई कम गराउने उदेश्यका साथ बलेफी गाउकार्यपालिका बैठकले प्रसुती केन्द्रको सेवा सुचारू गर्ने निर्णय गरेको थियाे । उक्त निर्णय कार्यान्वयनमा ल्याउन गाउँपालिका सफल भएकाे छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्