जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सुकुटेका सञ्जय सापकोटा काठमाडौं। १०६ मेगावाट क्षमताका जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चौतारा साँगाचोकगढी वडा न १०, सुकुटेका सञ्जय सापकोटा नियुक्त भएका छ्न्। आज आइतबार बसेको सञ्चालक समितिले आगामी ४ बर्षका लागि सापकोटालाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो। कम्पनीले फागुन १४ गते निकालेको विज्ञापनमा ५ जनाले आवेदन दिएका थिए, जसमध्ये चार जना सर्टलिष्टमा परेका थिए । सापकोटा जगदुल्लामा नै कार्यरत छन्। उनी जगदुल्ला जलविद्युत आयोजना प्रमुख समेत हुन्। उनले यस अघि निमित्त सीइओको रुपमा काम गरिसकेका छन्। बिसौनीbisouni.com
Category: अर्थ / पर्यटन
अर्थ / पर्यटन
जुगल आरोहण खुल्ला गरेपछि उत्साह ! बेसक्याम्प भव्य कार्यक्रम
पर्यटन प्रवर्धनका लागि जुगल बेसक्याम्प ‘ने-पेमाछाल’मा विविध कार्यक्रम२ वैशाख, सिन्धुपाल्चोक । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्धनका विविध कार्यक्रम गरिएका छन् । शनिबार ने-पेमाछालमा आयोजित पर्यटन प्रवर्धन कार्यक्रममा पुगेर निवर्तमान सभामुख एवं सो क्षेत्रबाट लगातार तीन पटकका जनप्रतिनिधि अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठलगायत हौसला प्रदान गरे । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने-पेमाछालमा लामा गुरुहरुले पूजा,…
नयाँ बर्षको पहिलो दिन ओम पार्क महोत्सव हुने
यस क्षेत्रबाट उत्तर तर्फ नेपालका गणेश हिमाल, जुगल हिमाल, गौरीशंकर हिमाल र सगरमाथाको पश्चिमी भाग देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका साथै तिब्बतको खासा, बजार कालिञ्चोक मन्दिरको परिसर, दोलखा जिल्लाको पहाडी भागको दृश्य पनि हेर्न सकिन्छ । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पर्यटकीय स्थल ॐ पार्कमा महोत्सव हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको साँस्कृतिक सम्पदा र ऐतिहासिक, पौराणिक स्थल ॐ पार्क ओझेलमा परेको भन्दै महोत्सवको आयोजना गरिएको हो । धनलक्ष्मी माताको रहस्यमय गुफासमेत रहेको ॐ पार्कमा विश्वकै अग्लो स्तुपा र ध्यानकेन्द्रको स्थापना गर्ने योजना पनि रहेको छ…
नयाँ वर्ष मनाउन दोलखामा पर्यटकको भीड
नयाँ वर्षको पुर्वसन्ध्यामा कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी र शैलुङको भ्रमणमा आउने पर्यटकको चाप बढ्न थालेसँगै दोलखाका होटल व्यवसायीमा नयाँ आशा पलाएको छ । दोलखा । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चलपहल सुरु भएको छ । नयाँ बर्ष २०८० काे पूर्व सन्ध्यामा धार्मिक एवम् पर्यटकीय स्थल दोलखाका होटलहरु खचाखच भरिन थालेका छन् । विशेष गरी कालिञ्चोकको कुरी, सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र शैलुङ भ्रमणमा आउने पर्यटकले होटहरु खचाखच भरिएका हुन् । नयाँ वर्ष मनाउन अधिकांश पर्यटकहरु आजै दोलखा आएका छन् । कालिञ्चोक कुरीको होटल व्यवसायी संघका पुर्व अध्यक्ष एवम् होटल…
जुगल हिमाल आरोहण गर्न कुनै शुल्क नलाग्ने
काठमाडौं । राजधानी काठमाडौबाट सबैभन्दा नजिकको जुगल हिमाल निशुल्क आरोहण गर्न पाइने भएको छ ।सरकारले आगामी पाँच वर्षसम्म जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने निर्णय गरेको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो । बिसौनीbisouni.com
उद्योग बाणिज्य महासंघ निर्वाचनः बाजि मार्ने दाउमा सिन्धुका तीन हस्ती
उद्योग बाणिज्य महासंघको ५७ औं साधारसभाबाट केन्द्रीय सदस्यमा बाजि मार्ने दाउमा छन् सिन्धुका तीन हस्ती बेदबहादुर श्रेष्ठ र रामशरण भण्डारी । जिल्ला र नगर तर्फको खुल्ला केन्द्रीय सदस्यमा श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने एशोसियट सदस्यमा आरएस भण्डारीले । ब्यापार व्यवसाय र सामाजिक अभियानहरुमा सदैव समर्पित श्रेष्ठ , मेडिकल उद्योगी एवम् सामाजिक अभियान्ता भण्डारी र नेपाल कुरियर संघका अध्यक्ष देवेन्द्र खड्का भोलि हुने निर्वाचनमा सशक्त उम्मेद्वारकोरुपमा प्रस्तुत भएका छन् । चाैतारा ।युवा व्यवसायी बेदबहादुर श्रेष्ठ उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाबाट सदस्य पदमा बाजि मार्ने तयारीमा छन् । उद्योग व्यवसायमार्फत…
तातोपानी नाका पूर्णरुपमा खुलाउन आजबाट बन्द
तातोपानी नाका पूर्णरुपमा खुलाउन आजबाट बन्द सिन्धुपाल्चोक । उत्तरी तातोपानी नाका पूर्णरुपमा सञ्चालनको तयारीको तयारी थालिएको छ ।आउँदो मे १ तारिखबाट दुईतर्फीरुपमा नै सञ्चालन गर्नका लागि थप ब्यबस्थित गर्न तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । नेपालस्थित चिनियाँदूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय…
मध्य भोटेकोसी जलविद्युत आयोजना असारभित्र सम्पन्न हुने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भइरहेका आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रामगोपाल सिवाकोटीले बताए ।आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ ।विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब…
दहत्तबहत्तर ठेक्का लाग्न छाडेपछि स्थानीय सरकार समस्यामा
सिन्धुपाल्चोक । निर्माण कार्य सुस्त हुन थालेपछि नदीजन्य पदार्थ विक्री हुन छाडेको छ ।सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योगहरु जिल्लामा सञ्चालनमा छन् ।निर्माण कार्य सुस्त हुँदा ती क्रसर उद्योगले उत्पादन गरेको बालुवा, गिट्टी लगायतका सामग्रहीहरु बिक्री हुन छाडेको हो ।स्थानीय सरकारको मुख्य आन्तरिक स्रोतसमेत रहेको नदीजन्य पदार्थ बालुवा, गिट्टी विक्री हुन छाडेपछि स्थानीय तहहरुको दहत्तर, बहत्तरको ठेक्का पनि लाग्न छाडेको छ ।नदी आसपासका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आन्तरिक आम्दानीको प्रमुख स्रोत दहत्तर बहत्तरबाट रकम उठ्ने योजनाका साथ बजेट निर्माण गरेका थिए…
लामावगरको अवरोध हट्यो
लामावगरको साइड अफिसमा आज स्थानीय र आयोजनाबीच भएको छलफलमा आयोजनाले एकसाताभित्र माग सम्बोधन गर्ने सहमति जनाएसँगै १२ दिनदेखि अवरुद्ध भएको आयोजनाको बाँधस्थल जाने बाटो खुलेको हो । दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसँगै आयोजनाको बाँधस्थल जाने बाटो खुलेको छ । लामावगरको साइड अफिसमा आज स्थानीय र आयोजनाबीच भएको छलफलमा आयोजनाले एकसाताभित्र माग सम्बोधन गर्ने सहमति जनाएसँगै १२ दिनदेखि अवरुद्ध भएको आयोजनाको बाँधस्थल जाने बाटो खुलेको हो । स्थानीय र आयोजनाबीच जग्गाको क्षतिपुर्ति तत्काल उपलब्ध गराउने, जग्गा फुकुवा गर्ने, तथा लामावगर स्वास्थ्य चौकीलाई भवन उपलब्ध…
