मध्य भोटेकोशीको आईपिओ आजदेखि, सिन्धुपाल्चोक र काठमाडौँमा कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र…

सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा थप २६ जनालाई कोरोना पुष्टि ।

चौतारा । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा थप २६ जनालाई कोरोना पुष्टि भएको छ । हेलम्बु गाउँपालिकाका ९ जना, बाह्रबिसे नगरपालिकाका ३ जना, चौतारा साँगाचोकगढीका १० जना र सुनकोसीका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगैं जिल्लामा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ । साथै दोस्रो लहरमा संक्रमित भएर तीन जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने तीनै जना चौतारा नगरपालिका हुन् । बिसौनीbisouni.com

सिन्धुपाल्चोकका लागि कोरोना विरुद्धको झण्डै २१ हजार डोज खोप आउँदै ( अन्य जिल्लामा कति ? हेरौं )

चौतारा । सिन्धुपाल्चोक जिल्लाका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज मध्य सिन्धुपाल्चोकलाई २० हजार ८ सय २४ डोज खोप पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत) जिल्ला  जनसंख्या (खोप लगाउने ३ प्रतिशत) भ्याक्सिन डोज…

बेवारिसे दुई व्यक्तिको उद्धार

बेवारिसे दुई व्यक्तिको उद्धार

चौतारा । बागमति प्रदेशलाई सहयोगापेक्षी, बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने अभियान अन्तर्गत बेसहारा एवम् वेवारिसे दुई व्यक्तिलाई उद्धार गरिएको छ । नाम बतन खुल्न नआएका अन्दाजी वर्ष ३५ को र अन्दाजी ३४ वर्षको दुईजनालाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट विहीबार उद्धार गरिएको हो ।स्थानीय समाजसेवी शहदेव खड्काले ती दुई व्यक्तिलाई वेवारिसे अवस्थामा भौतारिरहेको देखेपछि बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश अभियानका सहजकर्ता अप्सरा पौडेललाई जानकारी गराइएका थिए ।जानकारी पाएलगत्तै सहजकर्ता पौडेलको पहलमा उद्धार गरि मानव सेवा आश्रम भक्तपुरमा सेवाका लागि पठाइएको छ ।प्रदेश सरकार र गैरसरकारी संस्थाको साझेदारीमा बागमति प्रदेशलाई सहयोगापेक्षी, बेसहारा…

क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने

क्षेतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने

राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो । अझै पनि सबै ठाउंमा दुबै तर्फ गाडिहरु आवातजावत गर्न मिल्दैन । चौतारा । नेपाल–चीन नाका जोडिने अरनिको राजमार्गलाई १ अर्ब ४४ करोड २० लाख रुपैयाँ लागतमा पुनस्र्थापना गरिने भएकोछ । भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने भएको छ । चिनियाँ रकम ८० मिलियन युवान ९ लागतमा चीनले बनाई दिने प्रस्ताव आइतबार प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन…

इन्द्रावती र सुनकोसीका सबै क्रसर बन्द

इन्द्रावती र सुनकोसीका सबै क्रसर बन्द

नेता, कर्मचारी र जनप्रतिनिधि पनि व्यवसायीसँग मिलेर इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेको पाइएको छ । जिल्लामा रहेका २३ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको हो । नदीलआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरू नै छन् । त्यसैले, स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका लागि दिएको ठेक्का पनि तिनकै पोल्टामा पुग्ने गरेको छ । चौतारा गृह मन्त्रालयको सर्कुलरपछि जिल्लामा रहेका सबै क्रसर उद्योग एक सातादेखि बन्द भएका छन् । व्यवसायीको अटेरीबीच जिल्ला प्रशासनले धेरैपटक सुरक्षा फौज नै परिचालन गरेर क्रसर बन्द गराएको…

पर्यटन प्रबर्द्धनमा पाँचपोखरीको फड्को तिलमानपास अध्ययन सुरु, पाँचपोखरी र यूवा पीक आरोहण हुने

पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन सुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको सुरुवात सोमबार बागमती प्रदेसका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले गर्नुभएको हो । मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोहि माया गुरुङको संयोजनमा रुट अध्ययन सहिताको टोलीले पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण सम्पन्न् गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । समुहमा ३ नम्बर वडा अध्यक्ष निमा छिरीङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ,पर्यटन सल्लाहकार सोमर बोम्जन , पहिलो तामाङ सगरमाथा आरोहि महिला कान्छीमाया तामाङ, सगरमाथा आरोहि दावा…

जब भगवान भीमसेनले ट्रक चढे…! चौतारा भीमसेनको बोरा यात्रादेखि ट्रक यात्रासम्मको कहानी

जब भगवान भीमसेनले ट्रक चढे…! चौतारा भीमसेनको बोरा यात्रादेखि ट्रक यात्रासम्मको कहानी चौतारा ! गौराती जात्रासँग अपरिचित सिन्धुपाल्चोक जिल्लामा सायदै होलान । जिल्लाकै ठूलो अनि एतिहासिक मानिने यो मेलाको भीमसेन रथारोहणको इतिहास भने थोरैलाई मात्र थाह होला । हुन त यो मन्दिर कहिले बन्यो र मेलाको सुरु कहिलेबाट भयो भन्ने एकिन तथ्यांक भने छैन तर मन्दिरमा चढाएको घण्टालाई साक्षी मान्ने हो भने चार सय बर्ष पहिलेदेखी नै मन्दिरको अस्तित्व रहेको र मेला चल्दै आएको यथार्थतालाई नकार्न सकिंदैन ।मेलाको प्रमुख आकर्षण बन्दै आएको भीमसेन रथारोहण यो बर्ष भने ट्रकारोहणमा परिणत भएको…

शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय पुन बन्द

चौतारा । गत आईतबारदेखि सिन्धुपाल्चोक जिल्लाभित्र रहेका विद्यालयहरु संचालनमा आएपनि कोरोना भाइरस संक्रमणका कारण पुन बन्द हुन थालेका छन् । जिल्लाको इन्द्रावती गाउँपालिका वडा न ७ स्थित श्री बालबालिका सुधार आधारभूत विद्यालयका एक शिक्षकमा कोरोना पुष्टि भएपछि सो विद्यालय पुन वन्द गरिएको हो ।शिक्षकमा नै कोरोना पुष्टि भएपछि थप संक्रमण हुन नदिन करिव एक हप्ताका लागि पठनपाठन लगायत विद्यालयको संपूर्ण गतिविधिहरु बन्द गरिएको प्रधानाध्यापक सिंहबहादुर तामाङले जानकारी दिए । बिसौनीbisouni.com

सामाजसेवी डम्बर तामाङमाथि साँघातिक हमला । अवस्था चिन्ताजनक

माेनिका विक/ चौतारा । चौताराबाट आफ्नो घर सानोसिरुवारी जाँदै गरेका समाजसेवी डम्बरबहादुर तामाङमाथि साँघातिक हमला भएको छ । हमलाबाट टाउकोमा गम्भीर चोट लागेको तामाङलाई जिल्ला अस्पताल चौताराले उपचार गर्न नसकिएपछि काठमाण्डौं रिफर गरिएको छ । तामाङको अवस्था यसै भन्न नसकिने अस्पतालले जनाएको छ ।शुक्रबार करिब २ बजेतिर तामाङ एक्लै घर फर्कदै थिए । चौतारा च्यानपाटीमूनी एकान्त ठाउँ पुगेपछि अज्ञात व्यक्तिले पछाडिबाट तामाङको टाउकोमा रड प्रहार गरेको प्रहरीले जनाएको छ । तामाङको साथमा रहेको झोला, मोवाइल लगायत पैसा लुटिएको पनि प्रहरीले जनाएको छ ।आक्रमणकारी फरार रहेको र अनुसन्धानलाई तीव्र बनाएको जिल्ला…