मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् । दुवै जनाले गोठलापानीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् । यस्तै सुन खरिद गरेको आरोपमा…

स्वास्थ्य मापदण्ड पालना गर्न छोडेपछि तेस्रो भेरियन्टको चेतावनी ।

घट्दो सतर्कता, बढ्दो जोखिम ! चौतारा । स्वास्थ्य मापदण्ड पालनाप्रति आम नागरिकको वेवास्ता बढेसँगै जिल्लामा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुनेतर्फ विज्ञ तथा सरोकारवालाले सचेत गराएका छन् ।निषेधाज्ञा हटाएपछि समाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनाप्रति नागरिकले वेवास्ता गर्न थालेको निष्कर्ष निकाल्दै विज्ञ तथा सरोकारवालाहरुले सेचत रहन नागरिकलाई आग्रह गरेका हुन् ।जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमी आएपनि पूर्ण रुपले भाइरस नियन्त्रणमा आइनसकेको हुँदा स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई अनुरोध गर्नुभयो ।लकडाउन हटाएसँगै नागरिकहरुले मास्क, स्यानिटाईजरको प्रयोग गर्न छोडेकोप्रति चिन्तित हुँदै अधिकृत…

नेकपा माओवादी केन्द्रद्वारा बाढी प्रभावित ३ पालिकालाई ६७ लाख सहयोग

 चाैतारा । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको ३ वटा पालिकालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ ।  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका पुर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) र नेता चन्द्र बहादुर थापाको विशेष पहलमा ३ वटा पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।  बागमती प्रदेशभित्र नेकपा माओवादी केन्द्रले प्रतिनिधित्व गरेका स्थानीय तहहरुबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल् गाउँपालिकामा हस्तान्तरण गरिएको माओवादी नेता चन्द्रबहादुर थापा किशोरले जानकारी दिनुभयो ।  मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २३ लाख २९ हजार ९…

तातोपानी भन्सार कार्यालयबाट लक्ष्य भन्दा कम राजश्व संकलन

चौतारा । नेपाल चीनबीचको प्रमुख व्यापारीक तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७÷ ०७८ मा एक अर्व दुई करोड रुपैयाँ राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुुसार गएको आर्थिक वर्षभित्र ५ अर्व ४७ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो ।कोरोना महामारी, लकडाउन र बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि राजश्व संकलनमा गिरावट आएको हो । गएको आर्थिक वर्षमा ४ महिना मात्र नाका सञ्चालनमा आएको भन्सार अधिकृत नारद गौतमले जानकारी दिनु भयो । गत असार २ गते आएको…

खोप किन्न चौतारा साँगाचोकगढी नगरपालिकाले माग्यो सरकारसँग अनुमति

चौतारा साँगाचोकगढी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदको लागि अनुमित दिन माग गरेको छ ।   बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो । कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै नगरवासीको जीवन रक्षा गर्न नगरकै स्रोत साधनले खोप किन्न अनुमित मागेको प्रमुख अमानसिं तामाङले बताए ।   ‘संघीय सरकारले विविध कारणले खोप आपूर्ति गर्न सकिरहेको छैन,’ उनले भने, ‘सरकारले नसक्ने हो भने अनुमति दिएको खण्डमा स्थानीय सरकारले खोप किनेर आफ्ना नगरवासीलाई उपलब्ध गराउँछ ।’ नगर कार्यपालिका बैठकले कोरोना महामारीबाट नगरवासीलाई जोगाउन खोप नै…

कोरोनाको हटस्पट बन्दै ठूलोसिरुवारी

चौतारा साँगाचोकगढी वडा न ४ कुविण्डे र वडा न ९ पछि कोरोना हटस्पटको रुपमा अर्को वडा न १३ ठूलोसिरुवारी देखिएको छ ।पछिल्लो २४ घण्टाको स्वाब परीक्षणको नतिजा अनुसार ठूलोसिरुबारी एकैदिन ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विहीबार ८७ जनामा गरिएको स्वाब संकलनमा ३३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यसपछि सदरमूकाम रहेको वडा न ५ मा पनि संक्रमितको संख्या बढ्दो छ । विहीबार नै गरिएको परीक्षणमा ९ जनाका कोरोना पोजेटिभ नतिजा आएको छ । विहीबार जिल्लाभरि गरिएको २२६ जनाको स्वाब परीक्षणमा…

संक्रमितलाई भेट्दै सिन्धुका माओवादी नेताहरु

चौतारा । कारोना भाइरस संक्रमणले छपक्कै छोपेको बेला नेकपा माओवादी केन्द्रका नेताहरु भने संक्रमणको हट स्पर्टमा नै गएर संक्रमितको अवस्था बुझ्न थालेका छन् । पछिल्लोपटक संक्रमणको हट स्पर्ट बनेको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ कुविण्डेका संक्रमितहरुको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेताहरु बुधबार कुविण्डे पुगेका हुन् ।जनता अप्ठेरामा परेको बेला हामी पनि जनतासँगै छौं भन्ने सन्देश दिन मात्र होइन संक्रमितको समस्या समाधान गर्न आफूहरु संक्रमितसँग भेटघाटमा रहेको नेकपा माओवादी सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा सुवोधले बताएबुधबारसम्म कुविण्डेमा संक्रमितको संख्या ३२ पुगिसकेको र…

सिन्धुपाल्चोकमा निषेधाज्ञासहित दुई वडा सिल गरियो ।

चौतारा । कोभिड १९ का संक्रमितहरु बढ्न थालेपछि सिन्धुपाल्चोक जिल्लामा निषेधआज्ञा जारी भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बेलुकी १२ बजेदेखि बैशाख ३१ गतेसम्मका लागि सिन्धुपाल्चोक जिल्लालाई पूर्ण लकडाउन गर्ने निर्णय गरिएको हो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका दुई वडालाई सिल गर्ने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा ४ र ९ मा कोभिड १९ का संक्रमितहरु अत्याधिकरुपमा देखा पर्नका साथै वडा ४ का दुईजनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएपछि ती दुई वडालाई…

अप्ठ्यारोमा परेकालाई तुरुन्त सम्पर्क राख्न चौतारा साँगाचोकगढीको अनुरोध

आपतकालीन सेवा चुस्त राख्न चौतारा साँगाचोकगढीले फोकल पर्शन तोकियो ।चौतारा ।बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितहरुसँग समन्वय गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पर्क व्यक्ति तोकिएको छ ।आज बसेको नगरपालिकाको बैठकले आपतकालीन सेवा चुस्त दुरुस्त राख्नका साथै कोही कसैलाई तत्काल एम्बुलेन्सको आवश्यक परे रोहित शर्मालाई ९८५१२३४५७४ मा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै संक्रमितहरुसँग समन्वय गर्नका लागि स्वास्थ्य शाखा प्रमुख शिबबहादुर पुरीलाई ९८४१५३८४५७ र आइसोलेशनका लागि चिरञ्जिबी कट्टेललाई ९८५११५१६८२ मा तत्काल सम्पर्क राख्न अनुरोध गरेको छ । नगरपालिकाको यो निर्णयले एमर्जेन्सी सेवा चुस्त हुने स्थानीयले विश्वास लिएका छन्…

कोरोनाको राजधानी बन्दै चौतारा । नियन्त्रणका लागि २४ गतेबाट कडा लकडाउन

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा पछिल्लोपटक कोरानासंक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । कोरोनाको नमूना संकलन व्यापक नगरिए पनि चोक चोकमा कोराना संक्रमितहरु देखा पर्न थालेपछि चौतारा कोरोनाको हटस्पट बन्ने संकेत देखिएको हो ।चौताराको टुँडिखेलदेखि बाजोखेतसम्म कोरोना संक्रिमितहरु देखापर्न थालेको वडा अध्यक्ष नरमान श्रष्ठले बताए । त्यसो त चौतारा बसपार्क, कप्तानपाटी र गैरी गाउँमा पनि लक्षण देखिएको संक्रमितहरु देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।चौताराको शहीदचोक, (मिलन मेगा बैंक )चोक, प्रेसचोक भिन्तुना चोक, भीमसेन र कृष्ण मन्दिर परिशरका केही स्थानीयमा पनि कारोना संक्रमण पुष्टि भईसकेको छ । चोकचोकका स्थानीयहरुमा कोरोना…