क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने

क्षेतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने

राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो । अझै पनि सबै ठाउंमा दुबै तर्फ गाडिहरु आवातजावत गर्न मिल्दैन ।

चौतारा । नेपाल–चीन नाका जोडिने अरनिको राजमार्गलाई १ अर्ब ४४ करोड २० लाख रुपैयाँ लागतमा पुनस्र्थापना गरिने भएकोछ । भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने भएको छ । चिनियाँ रकम ८० मिलियन युवान ९ लागतमा चीनले बनाई दिने प्रस्ताव आइतबार प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले जानकारी दिएको छ।

चिनियाँ सरकारले प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण तत्काल चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार चीन सरकारले अहिले ४७ किलोमिटरदेखि १ सय १४ किलोमिटर अर्थात पाँचखालदेखि कोदारीसम्म पुनस्र्थापन गर्ने प्रस्ताव राखेको छ । ‘ प्रस्तावअनुसार सडकको स्तरोन्नति हुने छैन, र भूकम्प, बर्षाले क्षति पुगेको स्थानमा पुनस्र्थापना गर्ने काम हुनेछ ।

तत्काल डबल लेनमा स्तरोन्नति नहुने

चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणमा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति गर्ने एजेन्डा प्रस्तुत गरेको थियो । नेपाल–चीन जोड्ने तातोपानी सीमानाका मितेरीपुल देखि धुलिखेलसम्म डबल लेन कालोपत्रे गर्ने विषय दुई पक्षीय छलफलमा भएको हो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिको संयुक्त वक्तव्यमा दुवै पक्षबीच एकपछि अर्को गर्दै अरनिको राजमार्गलाई दीर्घकालीन रूपमा सुधार गर्दै लैजान सहमत पनि भएका थियो । सडक पुनर्निर्माण र स्तरोन्नति गर्ने उल्लेख सहित त्यो काम प्राथमिकताका आधारमा गरिने संयुक्त वक्तव्यमा उल्लेखनिय रहेको छ ।

सन् १९६० मा याक हिँड्ने बाटोलाई चिनियाँ सहयोग मै सडकमा रूपान्तरण गरिएको हो । अरनिको सडक नेपाल–चीन जोड्ने पहिलो राजमार्ग हो । सिंहदरबार नजिकै माइतीघर मण्डला देखि शुरु हुने यो राजमार्ग कोदारी स्थित मितेरीपुलमा गएर टुंगिन्छने छ ।

१ सय १२ दशमलव ८३ किलोमिटर कुल लम्बाइको यो राजमार्गको धुलिखेल देखि कोदारी सम्मको दूरी भने ८२ दशमलव ८३ किलोमिटर रहेको छ । वर्ष दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंदेखि धुलिखेलसम्म सडक विस्तार भइसकेका कारण धुलिखेलदेखि कोदारी राजमार्गसम्मको सडक डबल लेनमा स्तरोन्नति गर्ने प्रस्ताव चिनियाँ पक्ष सँग राखेका थिए ।

तथ्यांकअनुसार सडक विभागले सार्वजनिक गरेको यो वर्षको वर्षाले अरनिको राजमार्गको अधिकांश ठाउँमा क्षति
पुर्‍याएको छ ।

बर्षामा राजमार्ग अवरुद्ध हुँदा लामो समय सम्म सडक एक तर्फी सञ्चालनमा छ । अझै केही ठाउँमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको सडक विभागका उपमहानिर्देशक शिवहरि शर्माले बताए ।

सिफारिस

प्रतिकृया दिनुहोस्