उनले कानून निर्माण, व्यवस्थित र व्यवसायिक पत्रकारिता, सञ्चार रजिष्टारको कार्यालय मार्फत पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाईन दर्ता, प्रेसपास वितरण लगायतका कार्य गरे । ३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उनले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिएका हुन् । सापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित…
Category: सूचना प्रविधि
प्रेस रजिस्टारमा पून : सापकोटा
सिन्धुपाल्चोक । बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा नियुक्त हुनु भएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभएको हो ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् । बिसौनीbisouni.com
हेटौंडामा बन्ने भयो सञ्चारग्राम
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चारग्राम बन्ने भएको छ ।सञ्चारग्राम निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भएपछि सुविधा सम्पन्न सञ्चारग्राम निर्माण हुन लागेको हो ।सञ्चारग्राम निर्माणका लागि बागमती सरकारले गत वर्ष विनियोजन गरेको रु ५ करोड रकम जग्गा अभावका कारण फ्रिज भएको थियो । चालु वर्षपनि पनि जग्गा व्यवस्थापन नभएकै कारण एक करोड बजेट खर्च हुन नसकेको अवस्थामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रस्तावित निर्माणस्थल (हेटौंडा) को थाना भर्याङको आइतबार स्थलगत निरिक्षण गरि जग्गासमेत सुनिश्चित गर्नुभयो । अनुगमनपछि मुख्यमन्त्री कट्टेल र मन्त्रि…
टिकटक भाइरल बनाउने हो ? यस्तो गर्नुहोस :
काठमाडौं । यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा भाइरल बन्न चाहनुहुन्छ भने त्यसका लागि यस्तो गर्नुहोस् । १) ह्यासट्यागको प्रयोग गर्नुहोस् स् टिकटकमा आफूले अपलोड गरेको भिडियो धेरैभन्दा धेरै मानिसले देखुन् भन्ने चाहनुहुन्छ भने खास ह्यासट्याग प्रयोग गर्नुहोस् । पछिल्लो समय ट्रेण्डिङ भइरहेका ह्यासट्याग प्रयोग गर्दा टिकटकमा तपाईंले राख्ने भिडियो धेरैभन्दा धेरै मानिसको स्क्रिनमा देखिन्छ । यसले तपाईंलाई आफ्ना प्रतिस्पर्धीका बारेमा बुझ्न पनि सहयोग गर्छ । आगामी दिनमा अझै सिर्जनात्मक भिडियो कसरी बनाउने भन्ने बारेमा जान्न पनि सहयोग पुग्छ । २) भिडियोमा फिल्टर तथा इफेक्टको प्रयोग गर्नुहोस् स्…
प्रेस सेन्टरको आयोजनामा पत्रकारिता तालिम सुरु
निर्मल बस्नेत/ चौतारा(१७ चैत्र २०७९)प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले पत्रकारिता तालिम संचालन गरेकाे छ । २ दिनसम्म चल्ने उद्यमशीलता एवम् बिकास पत्रकारीता तालिम चाैतारामा शुक्रबारबाट सुरु भएको हो ।चाैतारा साँगाचाेकगढी नगरपालिकाे सहयाेगमा संचालित तालिमको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्दै नयाँ व्यक्तिहरुले नयाँ अनुभव र सिकाईकासाथ पत्रकारीता क्षेत्रमा उभार ल्याउन आग्रह गरे । उनले तालिममा सहभागीहरुलाई नयाँपनसहित खाेजमुलक र शिक्षामूलक सन्देश प्रवाहकाे लागि शुभकामना व्यक्त गरे ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोककाे अध्यक्ष जीवनप्रसाद श्रेष्ठले महिला पत्रकारहरुकाे खडेरी परेकाे बखत तालिममा महिला सहभागीता रहेकाेमा खुसि व्यक्त गरे । उनले सहभागि मध्ये १०…
पत्रकार जीवन कुँवर उत्कृष्ट युवा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत
काठमाडौँ – नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सदस्य जीवन कुँवरलाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९’ बाट पुरस्कृत गरिएको छ ।रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा शुक्रबार १५ हजार रुपैयाँ राशीसहित उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुँवरलाई प्रदान गर्नु भएको हो । एक दशक लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय कुँवरले जनतालाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै रिपोर्टर्स क्लबले उक्त पुरस्कार दिएको सभापति ऋषि धमलाले बताउनु भएको छ । ।सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६, पीपलडाँडाका कुँवरले जिल्लाबाट प्रकाशित सिन्धु संग्राम साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्दै, सिन्धु पत्रिका,…
पत्रकारिता क्षेत्रको प्रबर्द्धनमा नगरले सहयोग गर्छ : मेयर तामाङ
पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । चिसापानी । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले पर्यटन पत्रकारिताको विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्द्ता जनाउनु भएको छ ।आज सिन्धुपाल्चोक र नुवाकोटको सिमामा पर्ने चिसापानीमा सन्चालित पर्यटन पत्रकारिता तालिमको समापन गर्दै नगर प्रमुख तामाङले पर्यटन आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताउनुभयो । पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि…
सिन्धुपाल्चोक र नुवाकोटको साँधमा पत्रकारिता तालिम
नुवाकोट । सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा पर्यटन पत्रकारीता तालिम सुरु भएको छ । पर्यटन पत्रकारितामार्फत समग्र राष्टकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने हेतुले नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिको आयोजनामा दुई दिने पर्यटन पत्रकारिता तालिम शुक्रबारबाट सुरु भएको हो । तालिमकाे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले उद्घाटन गर्नुभयो । त्यसक्रममा अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्दे पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य धु्रबकुमार…
रेडियो सिन्धुद्वारा अपाङ्गता बालबालिकालाई खाद्यान्न सहयोग
चौतारा, सिन्धुपाल्चोक जिल्लाकै पहिलो एफएम रेडियो रेडियो सिन्धु १०५ मेघाहर्जले आफ्नो बार्षिकोत्सव मनाएको छ । बुधबार रेडियो सिन्धुले चौतारास्थित श्री कृष्ण आविमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग प्रदान गर्दै १५ औं बार्षिकोत्सव मनाएको हो ।रेडियो सिन्धुका स्टेशन मेनेजर रत्न श्रेष्ठले बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोकका अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामाग्री हस्तान्तरण गर्नु भयो । संघको सकृयतामा सो विद्यालयमा करिब ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवससहित अध्ययन गर्दै आइरहेका छन् ।कार्यक्रममा स्टेशन मनेजेर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताउनु भयो ।…
एज ब्राउजर प्रयोगकर्तालाई गिफ्ट
काठमाडौं । इन्टरनेट एक्स्प्लोररको विलयसँगै नयाँ लोगो, नाम र संकल्पसहित उदाएको माइक्रोसफ्ट एज पछिल्लाे समय चर्चामा छ । एआई मोडेलमा आधारित च्याटजीपीटीको फिचरलाई कम्पनीले बिङमा उपयोग गरेको छ । यही फिचरका कारण पनि क्रोम प्रयोग गर्ने प्रयोगकर्ता ‘एज’ मा र गुगल प्रयोग गर्ने बिङ एआई फिचरमा स्थानान्तर हुन थालेका छन् । कम्पनीले हाल प्रयोगकर्तालाई आफ्नो सर्च इन्जिनप्रति आकर्षित गराउन विभिन्न कामहरू गरिरहेको छ । पछिल्लो समय माइक्रोसफ्टले आईओएसमा एज ब्राउजरका लागि नयाँ विज्ञापन सुरु गरेको थियो । सो विज्ञापन आईओएस प्लेटफर्ममा आउटलुक एपका प्रयोगकर्ताहरूलाई लक्षित गरी बनाइएको थियो । अहिले…
