बिसौनीbisouni.com
Author: बिसौनी
मेयर बालेन र उपमेयर सुनिताको आपत्तिजनक भिडियो बनाउने रावत सिन्धुपाल्चोकबाट पक्राउ
काठमाडौं । काठमाडौको एउटा कार्यक्रम मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले कुराकानी गरिरहेको भिडिओलाई एआइको प्रयोग गरी आपत्तिजनक भिडियो बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् ।उनलाई सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी रावतलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको छ । उनले…
आत्मदाह न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन
आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठनचौतारा । आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अनुसार सिन्धुपाल्चोक जिल्लामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन भएको छ । बुधबार अभियान समितिका सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । सिन्धुपाल्चोक प्रहरी प्रमुख सन्तोष खड्काको संयोजकत्वमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई सहसंयोजक रहने गरि समिति गठन भएको प्रहरी नायब उपरीक्षक निरञ्जन खड्काले जानकारी दिनुभयो । समितिका सदस्यहरुमा भने जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला शिक्षा इकाई , स्थानीय तह, नेपाल रेडक्रस, नेपाल स्काउट, उद्योग…
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्युकाठमाण्डौबाट रसुवा उडेको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । आज दिउँसो १.५५ मिनेटमा उडेको हेलिकप्टर नुवाकोटकोको शिवपुरीमा सम्पर्कविहीन भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो । चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको हेलिकाेप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए। हेलिकाेप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेकाे बताइएकाे छ। भिडियो हेर्न क्लिक गर्नुहोस् बिसौनीbisouni.com
फुने प्रहरी फन्दामा
फुने प्रहरी फन्दामाशुक्रबार विहान ३ बजेको घटना हो यो । सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे नगरपालिका वडा न ७ खनियावासकी ७१ बर्षिया रत्नकुमारी थापा घरबाट बाहिर निस्कन्छिन् तर एक्कासी कसैले उनको घाँटी अठ्याउछन् । उनी चिच्याउछिन् कराउछिन् तर कसैले सुन्दैनन् । एकान्त ठाउँमा रहेको उनको घरमा उनी बाहेक कोही पनि थिएनन् । छिमेकीको घर अलि टाढै थियो । घाँटी अठ्याइसकेपछि उनीसँग भएको नगद र गरगहना लुृटेर उनको दुबै हात बाँधेर घरभित्र भूइँमा लाश छोडेर हत्यारा फरार हुन्छ । विहान छिमेकी टोकमाया खत्रीले मृत अवस्थामा देखेपछि उनले आफन्तलाई खबर गर्छन् र प्रहरीलाई पनि…
आदिबासी जनजाति महिलाद्वारा अडानपत्र हस्तारन्तरण
चौतारा । बैदेशिक रोजगारबाट फर्केका आदिबासी जनजति महिलाहरुको वकालत गर्दै आएको संस्था राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च काठमाण्डौं र लगनशिल आदिबासी जनजाति महिला मञ्च चौताराले चौतारा साँगाचोकगढी नगरापलिकालाई अडानपत्र हस्तान्तरण गरेको छ । सोमबार मञ्चकी अध्यक्ष सुनि लामा, लगनशिल आदिबासी जनजाति महिला मञ्चकी अध्यक्ष सचिता तामाङ लगायतका महिलाहरुले कार्यबाहक मेयर सीता थापालाई हस्तान्तरण गरेका हुन । सो अबसरमा कार्यबाहक मेयर सीता थापाले बैदेशिक रोजगारबाट फर्केर आफ्नै गाउँठाउँमा केही गर्छु भन्नु नै महत्वपूर्ण भएको बताउनुभयो । त्यसका लागि नगरले नीतिगत प्रतिवद्धता पनि जाहेर गरेको उल्लेख गर्दै उहाँले नगरको नीति तथा कार्यक्रम…
टासीछिलिङ गुम्बा निर्माण कार्य तीब्र, बौधमार्गीहरु खुसी
सुबास अर्याल/साँगाचोक चौतारा सागाचोकगढी नगरापालिका ११ मानेडाँडामा श्री छिमी टासी छिलिङ गुम्बा निर्माण कार्य तिब्ररुपमा भईरहेको छ । २०६४ सालमा स्थपना भएको गुम्बाको भवन निर्माण गर्न बिभिन्न निकायको सहयोग रहेको छ । भूकम्पले भत्काएको गुम्बा पुनःर्निर्माण हुदै गर्दाको क्षण स्थानीयहरुमा खुसी छाएको छ । २०७२ सालको भूकम्पले भत्काएपछि सँगाचोकका तामाङ समुदायको संस्कार सस्ंकृति ढुक्कले मनाउन पाएका थिएनन् । गुम्बा निर्माणको लागि पहिलो चरणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बजेट बिनियोजन भएको हो । संगै दोस्रो चरणको निमार्ण कार्य गर्न सहरी बिकास मन्त्रालय भुकम्पीय पुर्बाधार बिकास शाखा र चौतारा साँगाचोकगढी नगरपालिकाबाट बजेट…
भन्सार छली सामान ल्याउने २ जना पक्राउ
४ साउन, चौतारा । तातोपानी नाकाबाट भन्सार छलेर अवैध रुपमा सामान निकासी गदै गरेको २ जना मानिषलाई प्रहरीले पक्राउ गरेको छ । कोदारी चौकीको प्रहरीले बिषेस सुचनाको आधारमा भोटेकोशी गाउँपालिका २ स्थित ९ किलोमा चेकजाँच गर्नेक्रममा उक्त व्यक्तिहरुको साथबाट सामान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भोटेकोशी ३ का पेमदोर्जे शेर्पा र बाह्रबिसे ७ घर भई भोटेकोशी २ बस्ने राजु थापा रहेका छन् । उनिहरुको साथबाट बरामद गरिएको सामग्रीसहित तातोपानी भन्सार कार्यालयमा आवश्यक कारवाहीको लागि पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिएका छन्…
नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ हो – प्रजिअ थापा
निर्मल बस्नेत ११ साउन , चौतारा । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ भएको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिपद् व्यवस्थापनको मूख्य साझेदार संस्था उद्योग बाणिज्य संघ भएको तर्क प्रश्तुत गरे । उनले बिपद्को समयमा तत्काल खाद्यन्न लगायत अति आवश्यक कुराको आपुर्ति गर्न संघलाई आग्रह गरे । संघले बजार अनुशासन, उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै दिगो व्यवसायीक वातावरण तय गर्न मूख्य भूमिका खेल्नुपर्नै कुरामा जोड दिएका थिए । बिपद् आइलागेको बखत निजी क्षेत्रको…
विमान दुर्घटनामा एकै परिवारको ३ जनाको ज्यान गयो
काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् । बिसौनीbisouni.com
