आत्मदाह न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

आत्मदाह न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन
चौतारा । आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अनुसार सिन्धुपाल्चोक जिल्लामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन भएको छ ।

बुधबार अभियान समितिका सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख सन्तोष खड्काको संयोजकत्वमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई सहसंयोजक रहने गरि समिति गठन भएको प्रहरी नायब उपरीक्षक निरञ्जन खड्काले जानकारी दिनुभयो ।


समितिका सदस्यहरुमा भने जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला शिक्षा इकाई , स्थानीय तह, नेपाल रेडक्रस, नेपाल स्काउट, उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मश, होटल व्यवसायी संघ, पत्रकार महासंघ गैंसस, योग ध्यान केन्द्र, सामाजिक युवा क्लब, लगायतका संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि रहेका छन् ।

साथै आत्महत्या न्यूनिकरण र व्यवस्थापन अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बजगाईको संयोजकत्वमा एक कार्यदलको पनि गठन गरिएको छ ।

आजै पालिकास्तरिय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य प्रमुख संयोजक रहने गरि पालिकास्तरिय कार्य दलको संरचना पनि गठन गरिएको छ ।

जिल्लाको बाह्रै वटा पालिकामा पालिकास्तरिय र १०३ वटै वडामा वडास्तरिय पालिका गठन हुने प्रहरी नायब उपरीक्षक भट्टराइले जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी थापाले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन नसक्दा दिनहूँ आत्महत्या गर्नेको संख्या बढेको बताउनुभयो । उहाँले नेपाल प्रहरीले हाई इस्यूको रुपमा रहेको आत्महत्या न्यूनिकरणका लागि जुन अभियान सुरुवात गरेको छ त्यसले आगामी दिनमा आत्महत्या न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । न्यूनीकरण मात्र हैन यो अभियानले आत्महत्यामुक्त जिल्ला बनाउनु मद्दत गर्नेछ प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्