सुबास अर्याल/साँगाचोक
चौतारा सागाचोकगढी नगरापालिका ११ मानेडाँडामा श्री छिमी टासी छिलिङ गुम्बा निर्माण कार्य तिब्ररुपमा भईरहेको छ ।
२०६४ सालमा स्थपना भएको गुम्बाको भवन निर्माण गर्न बिभिन्न निकायको सहयोग रहेको छ ।
भूकम्पले भत्काएको गुम्बा पुनःर्निर्माण हुदै गर्दाको क्षण स्थानीयहरुमा खुसी छाएको छ ।
२०७२ सालको भूकम्पले भत्काएपछि सँगाचोकका तामाङ समुदायको संस्कार सस्ंकृति ढुक्कले मनाउन पाएका थिएनन् ।
गुम्बा निर्माणको लागि पहिलो चरणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बजेट बिनियोजन भएको हो । संगै दोस्रो चरणको निमार्ण कार्य गर्न सहरी बिकास मन्त्रालय भुकम्पीय पुर्बाधार बिकास शाखा र चौतारा साँगाचोकगढी नगरपालिकाबाट बजेट बिनियोजन भएको थियो । ।
उक्त समयमा स्थानीयको जनश्रमदान २० प्रतिशत सहित गुम्बा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । बजेट अपुगका कारण गुम्बा निर्माणको सम्पूर्ण कार्य भने हुन नसक्ने भएको छ ।
नगरपालिका भित्र रहेको गुम्बा प्रती चासो हुन सबैको कर्तव्य पनि हो । भवन निमार्ण भएता पनि समिती अध्यक्ष धार्मिक गुरु दिनेश लामाको भनाइ अनुसार “ अझै भवनको धेरै काम बाकी रहेको छ, क्रमश रुपमा सम्पन्न हुदै जानेछ” तत्काल आवश्यकता भनेको रङ्ग रोकन र प्राचीन कला मुर्ति देवताहरु गुम्बा संरक्षक गर्न तारबार र टवाइलेटको निर्माण गनुपर्नेछ । उक्त भवनको सुरक्षको लागि बाहिरी गेट तत्काल बनाउनुपर्नेे छ । नगरकै सास्कृतिक धरोहर बन्ने गुम्बा पर्यटन बिकासको एउटा बलियो आधार हो । गुम्बा संगै रहेको सागाचोकगढीको आगनमा रहेको गुम्बा प्रति खासै चासो भने पुगेको देखिदैन । सवैको सरोकारको बिषय भएकोले ध्यान दिन आवश्यक देखिन्छ ।
गुम्बाको अध्यक्ष लामा भन्नुहुन्छ “तामाङ समुदायको पुजापाठ धार्मिक ग्रन्थ बुद्ध धर्मावलम्बीको जन्म मृत्युको संस्कारको काम गुम्बामा हुँदै आइहरेको छ, जसको लागि भान्सा घरको पनि चाहिने हुन्छ । ” गुम्बामा लामा गुरुहरुबाट पठनपाठन समेत गराउने सामाजिक बिज्ञान बोध बुद्धिजम जस्ता बिषयको पठनपाठन सञ्चालन गर्ने लक्ष्य रहेको छ । उक्त लक्ष्य पुरा पर्न सवैको आपसी सरसल्लाहमा योजना निर्माण गरि प्राबिधिक स्टमेटसहितको प्रस्ताव गर्ने योजना रहेको पनि लामाले जानकारी दिए । बौध धर्मालम्बीको मात्र गुम्बा नभइ हामी सबैको ऐतिहासिक धरोहर हो । गुम्बाको बाँकी पूर्वाधारको कार्य गर्नका लागि सवैको पहल र प्रयत्नले मात्र सम्भव भएकोले सहयोगि निकायहरुको सहयोगको अपेक्षा गुम्बा व्यवस्थापन समितिको रहेको छ । यहि गुम्बामा प्रत्येक बर्षको सोनाम ल्होसारको दिन धुमधामकासाथ नाँचगान र कला प्रदर्सन हुने गरेको छ ।