आन्दोलनको अवतरण सुखद हुनेमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको विश्वास

आन्दोलनको अवतरण सुखद हुनेमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको विश्वास

आन्दोलनको अवतरण सुखद हुनेमा निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको विश्वास
सिन्धुपाल्चोक । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरुको जारी आन्दोलन सुखदरुपमा टुँगिने विश्वास व्यक्त गर्नु भएको छ ।
विगत ३ हप्ताभन्दा बढी समयदेखि ९ बुँदे माग राखेर आन्दोलनमा होमिएका निर्माण व्यवसायीहरुको आन्दोलन सडक हुँदै वार्ताको टेवलसम्म पुगेको जानकारी दिंदै अध्यक्ष सिंहले वार्ताबाट आफ्ना मागहरु पुरा हुने विश्वास व्यक्त गर्नु भएको हो ।
उहाँले सरकारसँग आफ्ना मागहरु घनिभूतरुपमा राखिएको र सरकारबाट पनि सकारात्मक संकेत आएको भन्दै आन्दोलनको अवतरण सुखद रुपमा हुने बताउनुभयो ।
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष सिंहले सार्वजनिक खरिद ऐनका सचिव,प्रधानमन्त्री कार्यलयका सहसचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव र कानून मन्त्रालयका सहसचिव लगायतसँग एकचरणको वार्ता सम्पन्न भइसकेको र वार्ता सकारात्मक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष सिंह निर्माण व्यवसायीहरुले आफ्ना क्षमताभन्दा बढी कामहरु नओगटन पनि अनुरोध गर्नुभयो । विगतमा एउटै व्यवसायीले धरै निर्माण योजनाहरु ओगटेर समयमै कार्य सम्पन्न गर्न नसक्दा संपूर्ण निर्माण व्यवसायीहरुकै छवि विग्रिएको जिकिर गर्दै उहाँले त्यस्तो प्रवृत्तिलाई चिर्न नै एकजना निर्माण व्यवसायीले पाँच वटा निर्माण कार्य मात्र लिन पाउने गरि सरकारलाई सल्लाह दिएको र त्यही अनुरुप हाल कार्यान्वयमा आएको बताउनुभयो ।
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष एवि लामा, महासचिव शम्भू दाहाल, नेपाली काँग्रेस जिल्ला सभापति जंगबहादुर तामाङ, एमालेका जिल्ला अध्यक्ष कमल नेपाल, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादर तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोबु शेर्पा, चौतारा साँगाचोकगढीकी उपमेयर सीता थापा, नेकपा माओवादीका टिएन सापकोटा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राख्नु भयो ।
नयाँ कार्य समितिका लागि भोलि विहीबार निर्वाचन हुने महासचिव जयबहादुर लामाले जानकारी दिनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्