सिन्धुपाल्चोकमा ६ हजार बढीमा मोतिविन्दुको समस्या,तत्काल अप्रेशन हुनुपर्ने


चौतारा । सिन्धुपाल्चोक जिल्लामा ६ हजार पाँचसय जनामा मातिविन्दुको समस्या रहको तथ्याङ्का सार्वजनिक भएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजना सम्वन्धी सल्लाकार समितिको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
बुधबार भएको बैठकमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो ।

२२ जना स्वास्थ्यकर्मीलाई आँखा स्वास्थ्य उपचार सम्वन्धी तालिम

बढ्दो आँखा स्वास्थ्य सम्वन्धी समस्या निराकरण, उपचार र निदान गर्ने हेतुले जिल्लाका २२ जना स्वास्थ्यकर्मीलाई आँखा उपचार सम्वन्धी तालिम प्रदान गरिएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशालाकोआर्थिक एवम् प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक समन्वयमा सोमबार जिल्लाका ११ वटा पालिकाका २२ जना स्वास्थ्यकर्मीहरुलाई आँखा स्वास्थ्य सम्वन्धी तालिम सञ्चालन गरेको सामुदायिक आँखा केन्द्र चौताराले जनाएको छ ।
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका बाहेक अरु सबै पालिकाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको प्रशिक्षक नविन राजवंशीले जानकारी दिनुभयो ।
तालिमबाट आँखा स्वास्थ्य सम्वन्धीको समस्या निदान र उपचारका लागि स्वास्थ्यकर्मीहरु सक्षम हुने विश्वास गरिएको छ । यसबाट सेवाग्राहीले स्थानीय स्तरमा नै आँखाका विरामीहरुले सहज, सुलभ र शिघ्र उपचार सेवा पाउने सामुदायिक आँखा केन्द्रकी इञ्चार्ज प्रभा खत्रीले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले करिब एकहजार जनाको अप्रेशन तिलगंगाले सञ्चालन गर्दै आएको शिविर र अर्को एकहजार जना अन्यत्र आफै गएर अप्रेशन गर्नै प्रक्षेपण गर्दै बाँकी कम्तिमा ३ हजार पाँचसय जना अप्रेशन रोग पालेर बस्न सक्ने खतरा रहेको हुँदा ती ३ हजार पाँचसय जनाको आँखा अप्रेशन यही आर्थिक वर्षभित्र गरिनुपर्ने बताउनु भयो ।
उहाँले चौतारामा सञ्चालन हुँदै आएको सामुदायिक आँखा केन्द्रबाट शीघ्र नै टेलिमेडिशिन सेवा पनि सञ्चालनमा आउने जानकारी दिंदै सेवा समय पनि थप गरिने जानकारी दिनुभयो । हाल ८.३० बजेबाट ३.३० बजेसम्म आँखाका विरामीहरुलाई सेवा सुविधा उपलव्ध गराउँदै आएको केही समयपछि कार्यालयसमयमा व्यस्त रहने कर्मचारीलाई लक्षित गर्दै सो समयपछि पनि सेवा सुचारु गर्ने बताउनुभयो ।


यस्तो छ सामुदायिक आँखा केन्द्र चौताराको प्रगति
सन २०२२ का लागि केन्द्रले करिब ५ हजार ६ सय जनालाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत लक्ष्य हासिल भएको सामुदायिक आँखा केन्द्र चौताराले जनाएको छ । पहुँच बाहिरका आँखा विरामीहरुलाई सैवा प्रदान गर्ने लक्ष्य ३ हजार ५ सय रहेको ३ हजार २ सय ७२ जनालाई स्क्रिनिड सेवा प्रदान गरेको छ । केन्द्रकी इञ्चार्ज प्रभा खत्रीका अनुसार २ वटा आँखा शल्यक्रिया शिविर सञ्चालन गर्ने लक्ष्य रहेकोमा २ वटै शिविर सम्पन्न भएको छ भने सो शिविरबाट लक्ष्य भन्दा बढी आँखाका विरामीहरुले शल्यक्रिया सेवा प्राप्त गरेको छन् । १७५ जनाको आँखा शल्यक्रिया गर्ने लक्ष्य रहेकोमा २०९ जनाको शल्यक्रिया गर्न सफल भएको छ ।
त्यस्तै एफसिएचभी, एसटी र एचडव्लु तालिम १०० को लक्ष्य रहेकोमा १७० जनालाई दिइएको छ भने चेतनाामुलक ३ कार्यक्रम लक्ष्य रहेकोमा ३ वटा सम्पन्न भएको छ । क्षमता अभिवृद्धि तालिम पनि २ वटा सञ्लान गर्ने लक्ष्य रहेकोमा २ वटा नै सञ्चालन भएको केन्द्रले जनाएको छ ।

बैठकमा सामुदायिक आँखा केन्द्र नजिक पहिरो गएको र त्यसले केन्द्रको भवन क्षति पु¥याउन सक्ने भन्दै जिल्ला समन्वय समिति र चौतारा साँगाचोकगढी नगरपालिकालाई पहिरो रोकथामका लागि कार्य गर्न गराउन अनुरोध गर्ने निर्णय गरे । त्यस्तै सदरमुकाम चौतारामा निकट भविष्यमा नै शल्यक्रिया केन्द्र सञ्चालन गर्ने पनि निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटीका मन्त्री कमल कक्षपतिले जानकारी दिनुभयो ।


जिल्ला समन्वय समति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सामुदायिक आँखा केन्द्र चौताराकी इञ्चार्ज प्रभा खत्रीले विभिन्न समयमा भएको शिविरमा अप्रेशन पश्चात विरामी राख्ने ठाउँ लगायतको समस्या रहेको जनाउँदै आँखा स्वास्थ्य सम्वन्धी जिल्लाको अवस्था, हालसम्मको उपलव्धी, चुनौति र आगामी योजना बारे प्रस्तुतीकारण पेश गर्नु भएको थियो ।
तिल गंगा आँखा केन्द्रका प्रतिनिधि मनकृष्ण डंगोलद्वारा स्वागत गरिएको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, एसपी बाल नरसिंह राणा, चौतारा साँगाचोकगढी नगरपालिकाकातर्फबाट वडा न १३ अध्यक्ष रामप्रसाद गौतमा, वडा न ५ का अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा साँगाचोकगढी शिक्षा प्रमुख पुष्पराज ढकाल, गोमा भट्टराई, चौतारा अस्पतालका डा. अमरदीप शाह लगायतको उपस्थिति रहेको थियो ।
आजै सेवाग्राहीहरुसँग सेवा प्रवाह, सुविधा र प्रभावकारिता बारेमा पनि केन्द्रले छलफल कार्यक्रमको आयोजना गरेको बताइन्छ ।


सिफारिस

प्रतिकृया दिनुहोस्