सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिका वडा नं.७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोलवासि हिजोआज खानेपानीको पहुँच र सुविधाले हर्षित भएकाछन्् । सेवक नेपालद्धारा सिन्धुपाल्चोक जिल्लामा संचालित आशा कार्यक्रमले १९ घरधुरीलाई समेटी एक घर एक धारा निर्माण गरेपछि मिजार टोलवासिलाई अहिले खानेपानीको समस्या वाट मुक्ति मिलेको ईन्द्रावती गाउँपालिका वडा नं. ७ का अध्यक्ष विर वहादुर तामाङले बताउनु भयो ।
विगतका दिनहरुमा खुल्ला मुहानबाट सिधै पाईप जोडेर सार्वजनिक रुपमा असुरक्षित खानेपानीको प्रयोग गरिरहेको र केहि घर धुरीले आफ्नो व्यक्तिगत पाईप मुहानमा जाडेर खानेपानी प्रयोग गर्दै आई रहेका थिए । जसका कारण वेलावेला पाईप जोड्न जानुपर्ने, पाइप काटीने अनि पानी सार्वजनिक भएकोले पानी लिन जान समय लाग्ने र मुहान खुल्ला भएका कारण पानी प्रदुशित हुने गरेको हे मिजारटोल खानेृेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव गोकुल तामाङले बताउनुभयो ।अव्यवस्थित र असुरक्षित पानी को प्रयोगले वेलावेला पखाला ,रुघा खोकि,पेट दुख्ने र ज्वरो जस्ता पानी जन्य रोगदेखिने गरेको र पानी प्रयाप्त मात्रामा नभएका कारण चर्पि र घरको सरसफाईमा पनि निकै कम पानीको प्रयोग हुन्थ्यो । हामीले खानेपानीको समस्या समाधानकालागी वेला वेला विभिन्न संघ संस्था र स्थानिय निकायलाई गुहारे पनि कहि कतै केहि शिप नलागे पछि वडा अध्यक्ष बिर बहादुर तामाङको सकृय समन्वयमा सेवक नेपाल आशा कार्यक्रमको सहयोगमा एक घर एक धारा निर्माण भए पश्चात अहिले खानेपानीको पहुँच घरघरमा पुगेका कारण व्यक्तिगत सरसफाई देखि घरायसि सरसफाई सम्म निकै परिवर्तन भएको छ, । खास गरि पहिला भाँडा माझ्ने स्थान फोहर हुन्थ्यो अहिले भाँडा माझेर सुकाउने स्थान सम्मको व्यवस्था गरिएको छ । खासमा भन्नु पर्दा पहिला पानीको कारण पाएको दुःख सम्झदा अहिलेनै हो जस्तो लाग्छ तर अहिले सेवक नेपाल द्धारा संचालित आशा कार्यक्रमले पानीको दुख भुलाई दिएको छ अहिले निकै सुविधा छ पानी हेर्ने हेरालो राखेका छौ मर्मत संभार कोषको स्थापना गरेका छौ भन्नुहुन्छ समितिका अध्यक्ष प्रज्वल तामाङ।यो पनि पढ्नुहोस् : के समवेदना हराएकै हो ? क–कसले कटाक्ष गरे दाहालको मृत्युप्रति ?
अहिले खानेपानीको सुविधा भएपछि मिजार टोल वासिको समयमा पनि वचत भएको छ पानी लिन जानको लागी लाग्ने समय अन्य घरायसी काममा उपयोग हुन थालेको छ धारा छेउमा भाडा सुकाउने स्थान पनि भएकोले प्रत्येक घरले भाडा सफा गरेर सुकाउने बानीमा विकास भएको छ । अहिले प्रत्येकले आफ्नो धारामा सावुन राख्ने गरेका छन् जस्ले घरका सवै परिवारको सावुन पानीले हातधुने वानीमा निकै परिवर्तन आएको कार्यक्रम संयाेजक कुमार भट्टराइले जानकारी दिनुभयो । ।
समग्रमा भन्नु पर्दा अहिले मिजार टोल वासि खानेपानीको सुविधाले निकै खुशि देखिन्छन् सामान्य पानीको कारण हुने आपसि विवाद पनि अहिले साम्य भएर गएका छन् । सवैको चर्पिमा पानीको व्यवस्था हुने गरेको छ भने,विभिन्न सामाजिक कार्यमा पानीको निकै अभाव खड्किन्थ्यो र पानी नै नपुग जस्तो हुन्थ्यो तर अहिले आएर त्यो समस्या समाधान भएको छ ।एक घर एक धाराले यस टोलमा एक खालको नयाँ विकास संगै परिर्वननै ल्याई दिएको छ ।