निर्वतमान सभापति लामाको निधन

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता एवम् निर्वतमान सभापति विकास लामाको निधन भएको छ ।विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित लामाको उपचारको क्रममा गए राति बीर अस्पताल, काठमाण्डौंमा निधन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंगबहादुर लामाले जानकारी दिनुभयो ।विद्यार्थीकालदेखि नेपाली काँग्रेससँग आवद्ध रही राजनीति गर्नु भएका ६४ वर्षिय लामा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा निर्वाचित हुनु भएको थियो ।लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शनिबार दिनभरि काठमाण्डौं बौद्धस्थित तीनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र भोलि आइतबार मात्र लामा संस्कार अनुसार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकाले जनाएको छ । बिसौनीbisouni.com

काठमाडौं महानगरद्वारा सबै भारतीय चलचित्रमा रोक

काठमाडौं महानगरपालिकाले सम्पूर्ण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । महानगरपालिकाले भोलिदेखि आफ्नो कार्य क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको जानकारी दिएको छ । चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउन तीन दिन पहिले आग्रह गर्दा पनि अटेर गरेपछि सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरिएको मेयर बालेन साहले बताए ।  उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उल्लेख गर्दै उनले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई…

भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै चौतारा

चन्द्रकला खत्री काठमाडौँ- आफ्‍नो नगरभित्रका निर्माण कार्यका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले थुप्रै कामहरू अघि बढाएको छ । नयाँ सडक बनाउनेदेखि सडक कालोपत्रे गर्नका नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाले गौरवको आयोजनामा पनि हात हालेको छ । त्यसैगरी मन्दिर, गुम्बा, शहिद स्मृति पार्कलगायत निर्माणका लागि काम गरिरहेको नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले जानकारी दिए । ‘चौतारा नगरवासीको हितका लागि हामीले भौतिक पूर्वाधारमा ध्यान दिइरहेका छौँ’ नगर प्रमुख सापकोटाले भने ‘यहाँका जनतालाई सहजताका लागि हामीले काम गरिरहेका छौँ । कतिपय टोलमा हामीले बाटो निर्माण गरेका छौँ । सुरुमा बाटोको अभाव हुन्छ…

सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो :१७ मजदुर सम्पर्कविहीन

किमाथाङ्का।सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले…

उद्योगमा अग्राधिकार जमाउँदै महिला

महिलाको छलाङः चुल्होचौकामा हैन अब उद्योगमा एकाधिकार विनिशा विक / चौतारा । यस्तो समय पनि थियो जतिबेला घरको चौघेराबाट पाइला झिक्न डराउनुपथ्र्याे उनलाई । परिवारका अभिभावक अनि समाजकै डरले उनले आफूलाई घरभित्रकै चुल्होचौकाका सिमित राखेकी थिइन् । यो उनको बाध्यता थियो ।तर, अहिले उनको जीवन उतिबेलाको जस्तो छैन । उनी अहिले खुला छिन् र सबैको प्रिय पनि । कारण उनी अहिले उद्यमी बनेकी छन् । हो, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाकी लक्ष्मी पुरी अहिले गाउँमै खेर गइरहेको बाँसको प्रयोगले व्यवसायी बनेकी छन् । उनले बनाएको बाँसले बनाएका सामग्री छिमेकी मुलुक…

कलाकारद्वय ‘बल्छी’ र ‘मास्टर’ पक्राउ

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चर्चित कलाकारहरू पक्राउ परेका छन् ।  बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर उपनामका राजु पौडेललगायतका कलाकारलाई प्रहरीले आज पक्राउ गरेका हो । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।    उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन । अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई हिजो प्रहरीले पक्राउ गरेको थियो…

बाघले मार्‍यो बाख्रा

आफ्ना खेतबारीमा लगाएका बाली हरिण, मृग, बदेल, बादर जस्ता वन्यजन्तुले नास गरेर हैरान भएका किसानहरु दुखजिलो गरेर पालेको आफ्ना चौपायमाथि पनि वन्यजन्तुबाट नै असुरक्षित हुन थालेपछि झन चिन्तित भएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका धुसेनीमा बुधबार राति बाघले एक किसानको खोर नै रित्तिने गरि बाख्रा मारेको छ ।इन्द्रावती गाउँपालिका ५ धुसेनीकी चमेली विकको खोरमा नै पसेर बाघले ९ वटा बाख्रा मारेको हो । विकको कटेरोको गरोमा लगाएको ढुङ्गा पन्साएर गोठमा पसि बाघले बाख्रा मारेको थियो ।आयआर्जनको अन्य केही स्रोत नभएको र बाख्रापालनबाट नै आफ्नो जिविकोपार्जन गर्दै आइरहेकी विकको भएभरको बाख्रा…

क्यूएए प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा चौतारा क्याम्पस

चौतारा, सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पस गुणस्तरिय, सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा रहेको छ ।विगत लामो समयदेखि क्यूएए प्रमाणपत्र प्राप्तिका लागि विभिन्न मापदण्ड र प्रकृयाहरु पार गर्दै आएको चौतारा बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदानका लागि अन्तिम प्रकृयामा रहेको विश्वविद्यालय अनुदान विभाग पिआरटी संयोजक रञ्जना गुप्ताले जानकारी दिनुभयो ।आज चौतारा बहुमुखी क्याम्पस चौतारामा आयोजित शैक्षिक गुणस्तरिय सुनिश्चितता तथा प्रत्यायन परिषद, प्रि रिभ्यू टीम एसेसमेन्ट भिजिट टोली गरेको एक कार्यक्रममा चौतारा क्याम्पसले क्यूएए प्राप्तिका लागि गरिएका प्रयत्न, मापदण्ड र प्रकृयाको बारेमा चर्चा गर्दै डाक्टर प्रोफेसर गुप्ताले समकक्षी…

सुनकोसीमा बन्यो महिला भवन र कूलघर

दुइ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समुहको भेला बैठक लगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको छ सुनकोसी , सुनकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट बाट निर्माण सम्पन्न भएको महिला भवन र पराजुलीहरुको कुल भवनको उद्घाटन भएको छ । सुनकोशी गाउँपालिका–१ ठोकर्पामा रत्तकाली महिला समुह बाट निर्माण गरिएको कोटगाउँ सामुदायिक महिला भवनको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उद््घाटन गर्नुभएको थियो । गाउँपालिकाको ५ लाख र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न भएको दुइ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समुहको भेला बैठक लगायत अन्य…