क्यूएए प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा चौतारा क्याम्पस


चौतारा, सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पस गुणस्तरिय, सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा रहेको छ ।
विगत लामो समयदेखि क्यूएए प्रमाणपत्र प्राप्तिका लागि विभिन्न मापदण्ड र प्रकृयाहरु पार गर्दै आएको चौतारा बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदानका लागि अन्तिम प्रकृयामा रहेको विश्वविद्यालय अनुदान विभाग पिआरटी संयोजक रञ्जना गुप्ताले जानकारी दिनुभयो ।
आज चौतारा बहुमुखी क्याम्पस चौतारामा आयोजित शैक्षिक गुणस्तरिय सुनिश्चितता तथा प्रत्यायन परिषद, प्रि रिभ्यू टीम एसेसमेन्ट भिजिट टोली गरेको एक कार्यक्रममा चौतारा क्याम्पसले क्यूएए प्राप्तिका लागि गरिएका प्रयत्न, मापदण्ड र प्रकृयाको बारेमा चर्चा गर्दै डाक्टर प्रोफेसर गुप्ताले समकक्षी परीक्षण कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो । उहाँले हालसम्म क्याम्पसले गरेको प्रकृयाहरु सकारात्म रहेको बताउनु हँुदै अबको पाँच दिने मूल्याङ्न र छलफलले मूल्याङ्नको प्रकृयामा गई परीक्षण चक्र पुरा हुने बताउनुभयो ।
विभागबाट डा. प्रोफेसर गुप्तासँगै डा. प्रोफेसर भूपप्रसाद धमलाको टोलीले क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, एलुमनाइ एशोसियशन र विभिन्न सरोकार निकायहरुसँग घनिभूत छलफल गर्नेछ । ५ दिने अध्ययन, छलफल, समिक्षा र मूल्याङ्कनबाट निस्केको निष्कर्षसहित टोलिले रिर्पोट तयारी गरि प्रत्यायनकृत गर्न परिषदमा बुझाउने छ र रिर्पाट सही भएको खण्डमा क्याम्पसलाई विश्व विद्यालय अनुदान विभागद्वारा क्यूएए प्रदान गरिनेछ ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले क्यूएए प्राप्ति पश्चात चौतारा क्याम्पस शैक्षिक हबको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । मूल्याङ्कनलाई पहिलो प्राथमिकतामा राखेर कार्य र प्रकृया अगाडि बढाउन मूल्याङ्कन भ्रमण टोलिलाई आग्रह गर्नुभयो ।
क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले क्याम्पसको भौतिक, शैक्षिकस्थिति बारे प्रकाश पार्नुभयो भने सहायक क्याम्पस प्रमुख जस्मिन लामाले क्यूएए प्राप्तिका लागि हालसम्म गरिएका प्रयत्न, प्रकृया, प्रगति र कार्य सम्पन्न प्रतिवेदन प्रस्तुत गर्नका साथै क्याम्पसको भौतिक, शैक्षिक, जनशक्तिको बारेमा पनि प्रकाश पार्नभयो ।
कार्यक्रम सञ्चालन समितिका अध्यक्ष गम्भीरलाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।
२०५८ सालमा स्थापना भएको यो क्याम्पस श्री कृष्ण रत्नगंगा मावि चौताराको भवनबाट सुरु भएको थियो । सीमित स्रोत, साधन, शैक्षिक जनशक्ति र सीमित विद्यार्थीबाट सुरु भएको यो क्याम्पसको हाल आफ्नै भवन रहेको छ । मानवीकी र शिक्षा संकाय अध्यापन हुँदै आएको यो क्याम्पसमा हाल अन्य संकायहरु पनि अध्यापन हुँदै आएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्