सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका धुसेनीमा बुधबार राति बाघले एक किसानको खोर नै रित्तिने गरि बाख्रा मारेको छ ।
इन्द्रावती गाउँपालिका ५ धुसेनीकी चमेली विकको खोरमा नै पसेर बाघले ९ वटा बाख्रा मारेको हो ।
विकको कटेरोको गरोमा लगाएको ढुङ्गा पन्साएर गोठमा पसि बाघले बाख्रा मारेको थियो ।
आयआर्जनको अन्य केही स्रोत नभएको र बाख्रापालनबाट नै आफ्नो जिविकोपार्जन गर्दै आइरहेकी विकको भएभरको बाख्रा बाघले मारेपछि विक दुखी भएकी छन् । अब के गरेर खाने विकले गहभरि आँसु राख्दै भनिन् ।
बाघले गए राति नै धुसेनीकै रामकृष्ण विकको पनि एउटा बाख्रा मारेको छ ।
आफ्ना खेतबारीमा लगाएका बाली हरिण, मृग, बदेल, बादर जस्ता वन्यजन्तुले नास गरेर हैरान भएका किसानहरु दुखजिलो गरेर पालेको आफ्ना चौपायमाथि पनि वन्यजन्तुबाट नै असुरक्षित हुन थालेपछि झन चिन्तित भएका छन् ।
पछिल्लो केही समयदेखि इन्द्रावतीमा बाघ आतङ्क बढ्दै गएपछि वडा न ५ का अध्यक्ष शशिनाथ आचार्यले बाघ आतङ्कका कारण पशुपालन व्यवसाय संंकटमा पर्न सक्ने चिन्ता व्यक्त गर्दै आफ्नो खोर र गोठलाई बन्दिलो बनाई बाघबाट सुरक्षित बनाउन कृषक किसानलाई आग्रह गरे ।