हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्यो प्रश्न

जीवन कुवँर इकाजबाट

काठमाडौँ- सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ २०७९ सालमा निर्वाचित भए । निर्वाचित लगत्तै स्वागत कार्यक्रम राखियो वडानम्बर ३ स्थित किटिनेमा । उक्त स्वागत कार्यक्रममा किटिनेकै एक महिलाले सापकोटालाई प्रश्न गरिन्- ‘तपाईं आउँदा पनि त्यहि बाटो भएर आउनु भयो । बाटोको हालत पनि देख्नुभयो होला ! पुल नभएको त झनै भन्नै पर्दैन् होला ! तपाईंको दाइ (अग्निप्रसाद सापकोटा)ले पनि जितेर जानु भयो । अब तपाईं के गर्नुहुन्छ ?’ ति महिलाको प्रश्न वास्तविकता तर गम्भीर र मनछुने पनि थियो । भर्खरै मेयरमा निर्वाचित सापकोटाले पुल बनाइदिन्छु भन्ने अवस्था पनि थिएन्,…

जुगल गाउँपालिकामा नमुना युवा गाउँसभा सम्पन्न

जुगल गाउँपालिकामा नमुना युवा गाउँसभा सम्पन्न

मिलन लामा चनौटे, सिन्धुपाल्चोक — “स्थानीय शासनलाई बुझौँ, नेतृत्व गर्न सिकौँ” भन्नेमूल नाराका साथ जुगलगाउँपालिकामा तीन दिवसीय अभ्यासमूलक कार्यक्रम‘नमुना युवा गाउँसभा सम्पन्न भएको छ। कार्यक्रमा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबाट प्रतिनिधित्व गर्ने ३५ जना छात्रछात्राहरुको उपस्थिति थियो । कार्यक्रम जुगल गाँउपालिकाको अध्यक्ष रेसम स्याङ्वोले उद्घाटन गरेका थिए। विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता विकास, राजनीतिक चेतना, योजना निर्माण प्रक्रिया र गाँउ सभा सञ्चालन अभ्यास गरि व्यवहारिक ज्ञान प्रदान गरेको छ। स्थानीय सरकारको प्रणाली, विशेष गरी गाउँसभा प्रक्रियाबारे युवाहरुलाई प्रत्यक्ष अभ्यास गराउने उदेश्यका साथ सुरु भएको नमूना गाउँसभा कार्यक्रम जुगल गाउँपालिकाको आर्थिक सहयोग र इन्साइट…

सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमा

सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमा

सामूहिक बलात्कारपछि ११ वर्षिया बालिकाको हत्या गर्ने प्रहरीको पकडमासिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा न ५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्प्पा पासाङ तामाङलाई एक बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरेको छ । २१ बर्षिय निमा तेन्जिङ तामाङ बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा हुन् । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बालिका २०८२ असार १० गते राति हराएको र भोलिपल्ट बिहान उनको शव…

आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने

SEE result 2081/082

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।  यतिखेर नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ  ।  एसईई परीक्षा बोर्डका  परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले आजै साँझ ६ बजेपछि  नतिजा प्रकाशन गरिने रेडियो नेपाललाई जानकारी दिनुभयाे ।  यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।  परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी  छन् ।  (यशोधा अधिकारी / रेडियोनेपाल अनलाइनबाट…

योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन

दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालन

योग दिवसको अवसर पारेर चौतारा नारायस्थानमा योग केन्द्र सञ्चालनचौतारा । ११ औं अन्तराष्टिय योग दिवसको अवसर पारेर सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित नारायस्थानमा योग केन्द्र सञ्चालन आएको भएको छ । नारायणस्थान, महाकाली वन परिसरमा रहेको समुदायिक भवनलाई योग साधना केन्द्रको रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाले निर्माण कार्य पुरा गरेपछि शनिबारबाट योग साधना केन्द्रको रुपमा सञ्चालनमा आएको हो ।सामुदायिक भवनको रुपमा निर्माण भएको सो भवनमा झ्याल, ढोका र शौचालय नगरपालिकाको तर्फबाट निर्माण भएकोछ । शौचालय निर्माण भए पनि सेफ्टी ट्याँकी भने निर्माण हुन सकेको छैन ।आज विहान आयुर्वेद तथा बैकल्पिक चिकित्सा कार्यालयको आयोजनामा…

साधना केन्द्रमा जनस्वास्थ्यले जनचेतना जगाउँदै

साधना केन्द्रमा जनस्वास्थ्यको संचेतनामोनिका विश्वकर्मा / चौतारास्वास्थ जीवनका लागि गाउँवस्तीमा संचेतनाका विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले योग साधना केन्द्रमा पनि आफ्नो कार्यक्रम सञ्चालन गर्न थालेको छ । कार्यालयले गणतन्त्र दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित साधना केन्द्रमा बुधबार एक दिवसीय जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । जनचेतानामूलक कार्यक्रममार्फत सबै नागरिकलाई आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै बन्न हौसला दिने उदेश्यले आयोजित कार्यक्रममा जनस्वास्थ्य प्रमुख दुर्गा बजगाइ, योग गुरु किरणमान श्रेष्ठ, पतञ्जली योग जिल्ला समिति, सिन्धुपाल्चाकका अध्यक्ष नातिबाबु धिताल, उपाध्यक्ष शोभा उलक, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका निर्वतमान अध्यक्ष जीवन श्रेष्ठ…

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दा दायरसंगै सांसद पदबाट निलम्वित

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भएको भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  सिन्धुपाल्चोक जिल्ला क्षेत्र न २ बाट नेपाली काँग्रेसबाट जितेका सांसद बस्नेतसहित अन्य १५ जनाविरूद्ध मुद्दा दायर गरेको हो । त्यस्तै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ । मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर…

सिन्धुपाल्चोकमा कुन पालिकामा कति बेरुजू ?

इन्द्रावती कम बेरुजुमा महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ, जबकि लिसंखु पाखर गाउँपालिकाले सबैभन्दा बढी बेरुजु देखाएको उल्लेख छ। लेखापरीक्षण विवरणअनुसार इन्द्रावती गाउँपालिकाको बेरुजु रकम  १.४६% रहेको छ। यो रकम जिल्लाका अन्य स्थानीय तहहरुभन्दा न्यून हो। लिसंखु पाखर गाउँपालिकाको बेरुजु रकम भने ५.1५ प्रतिशत रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनले वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिताको अभावले बेरुजु बढेको जनाएको छ। प्रतिवेदनमा समयमै लेखापरीक्षण, सार्वजनिक खर्च विवरण, नियमित अनुगमन र समिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। यता, लिसंखु पाखर गाउँपालिकाबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको…

भोलिबाट चौतारामा ३ दिने योग शिविर

Yogaa

चौतारा । भोलि मंगलबारबाट चौतारामा योग शिविर सञ्चालन हुने भएको छ ।नगर योग समिती चौताराको आयोजनामा हुन लागेको योग शिविर ३ दिनसम्म सञ्चालन हुनेछ ।शिविर प्रत्यक विहान ५ बजेबाट ७ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाद्वारा उद्घाटन हुने शिविरमा योग अभ्याससँगै योग सम्बन्धी विभिन्न प्रस्तुतीकरण पनि रहने नगर योग समितिका अध्यक्ष अप्सरा सापकोटाले जानकारी दिनुभयो ।चौतारा साधना केन्द्रको बार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको शिविरमा ३०० जनाको सहभागिता रहने योग गुरु किरणमान श्रेष्ठले बताउनुभयो । ईन्डियाबाट आउनु भएकी योग गुरु पुज्य साध्वी देवादिति र…

चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी

चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी

चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी चौतारा । सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारास्थित भीमसेन मन्दिरमा रहेको दानपेटिका चोरी भएको छ । आज शुक्रबार दिउँसोको समयमा चोरी भएको स्थानीयले बताएका हुन । दिनभरि खुला रहने उक्त मन्दिरको ढोका साँझ स्थानीय आदित्य श्रेष्ठले बन्द गरि चाबी लगाउन खोज्दा मन्दिरभित्र रकेको दान पेटिका चोरी भएको थाह भएको हो । पेटिकाको आधाभन्दा बढी पैसाले भरिएको उनले जानकारी दिए । लाखौ मूल्यका गरगहना भने सुरक्षित रहेको छ । चोरी पछि स्थानीयले प्रहरीलाई गरेका छन् । बिसौनीbisouni.com