सरकारसँग वार्ता गर्दै आन्दोलनरत शिक्षकहरु

काठमाडौँ — आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका छन् ।

बिहीबार आन्दोलनमा उत्रेका शिक्षकहरु सरकारसँग वार्तामा बसेका हुन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित आज बिहान वार्तामा बसेका हुन् ।

वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको बताइएको छ ।
संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । शिक्षकहरूले आन्दोलन अनिश्चितकालिन हुने बताउँदै आएका छन ।

सिफारिस

प्रतिकृया दिनुहोस्