English
कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय तोडफोड, आन्दोलनकारी र प्रहरीबीच झडप
सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ । कार्यालयमा धर्ना दिएका प्रदेशका दलित समुदायले माग पूरा नगरेको भन्दै तोडफोड गरेको बताइएको छ ।
झडपमा आठ जना प्रहरी र दुई दर्जन आन्दोलनकारी घाइते भएका छन् । धर्नाकारीले कार्यालय तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ । मुख्यमन्त्री कार्यालयले माग सम्बोध गर्न सचिव सन्तबहादुर सुनारको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।
तर आफ्ना ८४ बुँदे माग सम्बोधन नगरेको आन्दोलनकारीको आरोप छ । वार्तामा प्रगति नभएपछि धर्नाकारीहरुले कार्यालयको झ्याल र ढोकामा प्रहार गरेपछि प्रहरीसँग भिडन्त भएको हो ।