पत्रकारिता क्षेत्रको प्रबर्द्धनमा नगरले सहयोग गर्छ : मेयर तामाङ

पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

चिसापानी । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले पर्यटन पत्रकारिताको विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्द्ता जनाउनु भएको छ ।
आज सिन्धुपाल्चोक र नुवाकोटको सिमामा पर्ने चिसापानीमा सन्चालित पर्यटन पत्रकारिता तालिमको समापन गर्दै नगर प्रमुख तामाङले पर्यटन आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताउनुभयो । पर्यटनका लागि हामीसँग प्रशस्त सम्भावनाका क्षेत्र रहेता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाउँदै प्रमुख अतिथि तामाङले त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । तालिममा बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेश समितिले पत्रकारका लागि समाजिक सुरक्षा कोष कार्यक्रम अघि बढाएको जानकारी दिदै पत्रकारको क्षमता अभिबृद्दीका लागि विभिन्न तालिम, कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
तालिमका सहभागी काभ्रेका ज्योती श्रेष्ठ र चितवनका अपिल अधिकारीले तालिमले अझै पर्यटन पत्रकारीतामा लाग्न प्रेरणा र उर्जा मिलेको बताउनुभयो ।तालिममा बागमतीका ९ जिल्लाका २० पत्रकार सहभागी रहेको प्रदेश सचिव युवराज पुरीले जानकारी दिनुभयो । तालिमको टिपि भुषाल, अशोक सिलवाल, कुबेर चालिसे लगायतले सहजीकरण गर्नुभएको थियो ।
तालिम नेपाल पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा २ दिन संचालन गरिएको हो । तालिम समापन प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सिफारिस

प्रतिकृया दिनुहोस्