राजेन्द्र रानामगर /चौतारा, २०७९ फागुन २२ । ईर्खु स्पाेर्टस क्लबकाे आयाेजनामा नगरस्तरीय फुटबल प्रतियाेगिता सुरु भएकाे छ । अण्डर १३ सेभेन ए साईट खेलमा १६ टिमकाे सहभागीता रहेकाे छ । उक्त खेलकाे उद्घाटन चाैतारा साँगाचाेकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नु भएको हो । उहाँले खेल सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलाडीहरुकाे बिकास गर्नुपर्ने कुरामा जाेड दिनु भएको छ ।नगरप्रमुख सापकोटाले स्वास्थ्य र राष्ट्रकाे लागि खेल अतिआवश्य रहेकाे, अझ जीवनकाे लागि पनि उति नै महत्त्व रहेकाे बताउनु भयो । उहाँले जलबायु परिबर्तनकाे असरबारे बहस चलाएर सवैकाे ध्यान खिच्न पर्ने आवश्यकता पनि औंल्याउनु भयो ।३ दिनसम्म चल्ने प्रतियोगिता २४ गते समापन हुने आयाेजक इर्खु स्पाेट्स क्लबकाे अध्यक्ष प्रकाश दंगालले जानकारी दिनु भयो । दंगालका अनुसार प्रतियोगिताकाे बिजेताले १० हजार र उपबिजेताले ५ हजार नगद पुरस्कार , सिल्ड,ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।आज भएको उद्घाटन खेलमा , आयोजक टिम इर्खु स्पोर्ट्स क्ल्ब बिजयी भएको छ । जनजागृति मा बि लाई ६ -२ गोल अन्तरले हराउंदै इर्खु स्पोर्ट्स क्लब विजयी भएको हो ! त्यस्तै आजै भएको दोश्रो खेलमा स्याउलेले जित निकालेको छ , जुगल बोडिङ्ग स्कुललाई ५ – ० को गोल अन्तरले हराउँदै स्याउले विजयी भएको हो ।
पहिलो खेलको म्यान अफ द म्याच इर्खु स्पोर्ट्स क्लबका जर्सी नम्बर ३० का खेलाडी शुभाष महत हुनु भएको छ भने दोश्रो खेलको म्यान अफ द म्याच स्याउलेका जर्सी नम्बर १० का खेलाडी भएका छन ।
नगरस्तरीय फूटबल सुरु : इर्खु र स्याउले विजयी
