१०२ वटा वडालाई पछि पार्दै वडा न १३ बन्यो पहिलो बालमैत्री वडा

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ पहिलो बालमैत्री वडा बन्न सफल भएको छ ।
५८ औ राष्ट्रि बाल दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले वडा न १३ लाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । १०३ वटा वडा रहेको सिन्धुपाल्चोकमा यो वडालाई पहिलो बालमैत्री वडाको रुपमा बुधबार एक भव्य समारोहका बीच घोषण गरिएको हो ।
बालमैत्री वडा घोषणा गर्दै मेयर सापकोटाले बालमैत्रीका चुनौतीपूर्ण सूचक तथा मापदण्ड पुरा गरेर वडा न १३ बालमैत्री वडा बन्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले यो आर्थिक वर्षमा कम्तिमा दुईवटा वडा बालमैत्री वडा घोषणा गर्ने योजना रहेको पनि बताउनु भयो ।
उपमेयर सीता थापाले बालमैत्री वडा घोषणाले चौतारा साँगाचोकगढी नगरपालिकाले भौतिक पूर्वाधारलाई मात्र विकास नठानेर बालबालिकाको सार्वङ्गिन विकासलाई पनि विकासको मूल प्रवाह ठानेको जिकिर गर्नु भयो । बालबालिकाको सर्वाङ्गि विकास विना अरु विकासको खासै अर्थ नरहेको उहाँको निचोड थियो ।
विभिन्न झाँकी, नारा र बजार परिक्रममा पछि सेतीदेवी माविको प्राङगनमा आयोजित घोषणासभामा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी, चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगाल लगायत वक्ताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।
२०७६ सालबाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उदेश्यका साथ पहलकदमी हुँदै आएको थियो । सोही पहलकदमीका कारण वडा न १३ बालमैत्री वडा घोषणा गर्न सफल भएको वडा अध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो । बालमैत्री वडाका लागि आवश्यक ५१ सूचक पार गरिसकेको उहाँले बताउँनु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्