सिन्धुपाल्चोक, २२ भदौ, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले तोकिएको समयसिमा भित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनु भएको छ । सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरिक्षण पछि फुयालले सडक निर्माण पक्षलाई निर्देशन दिनु भएको हो । आयोगका सदस्य फुयाल, सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेसिक सडक डिभिजन कार्यालय खुर्कोटबाट खटिएका ईन्जिनियर एवं प्राविधिक सहितको टोलिले निर्माणाधिन सडकको विस्तृत निरिक्षण गरेको हो । अरनिको राजमार्ग अन्तरगतको बलेफी बजार देखि नौबिसे सडक खण्ड र जलबिरे देखि कात्तिके सडक खण्डको जुगल गाउँपालिका अन्तरगतको ढाँडे हुँदै गणेश खोलासम्मको स्थलगत निरिक्षणका क्रममा निर्माण कार्यमा थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ । निरिक्षणका क्रममा सदस्य फुयालले जलबिरे कात्तिके सडक खण्डका लागि ठेक्का पाएको निर्माण पक्षलाई डिपिआर, ड्रोइङ र डिजाइन अनुसार निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले ढाँडे–कात्तिके सडक खण्डको कुम्भेश्वर वारीपट्टिको खण्ड देखि गणेश खोला सम्मको भाग निकै जोखिपूर्ण देखिएको बताउँदै सो क्षेत्रमा बलियो निर्माणका लागि थप उपायहरु अवलम्बन गर्न निर्माण पक्ष र प्राविधिक सहयोग गर्न सरकारी प्राविधिकहरुलाई निर्देशन दिनु भयो । सडक डिभिजन कार्यालयकी ईन्जिनियर मैना राइले सो क्षेत्रमा लगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको बताउँदै माथिल्लो भाग देखि नै ठूलो क्षेत्र भासिएकोले बेलैमा सतर्क हुनु पर्ने अबस्था आएको जानकारी दिनु भयो । बलेफी नौबिसे सडक खण्डको निर्माणको ठेक्का पाएको निर्माण पक्षसँग जँगारे क्षेत्रमा भएको छलफलमा पनि सदस्य फुयालले डिपिआर, ड्रोइङ र डिजाइन अनुसार काम गर्न कडा निर्देशन दिनु भयो । आफु सभामुख अग्निप्रसाद सापकोटासँगको समन्वयमा सडक निर्माणको स्थलगत निरिक्षणमा आएको जानकारी गराउँदै सदस्य फुयालले तोकिएको मापदण्ड र समय ख्याल गरेर निर्माण लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले केही सय पछि प्राविधिक टोलि सहित फेरि विस्तृत निरिक्षण गरिने जानकारी दिंदै तोकिएको मापदण्ड पुरा गरेको नपाइए संलग्न सबै पक्ष कारबाहीको भागिदार हुने तर्फ सचेत गराउनु भयो । सदस्य फुयालले बर्षातको समय सकिदै गएकोले कामलाई तिब्रता दिन निर्देशन दिदै समयमै कार्य सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो । भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पहाडहरुमा यो बर्ष पनि ठूला साना गरि सयौं पहिरो र बाढीका कारण थुपै भित्रि सडकहरु अबरुद्ध हुन पुगेका छन् । निर्माण पक्षको लापरबाही र सरकारी संयन्त्रको फितलो अनुगमनका कारण सर्वसाधारणले भने बर्षेनी सास्ती भोग्नु परेको छ ।
सिफारिस
-
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटा
मूलुक कै उत्कृष्ट संविधान – सांसद सापकोटानिर्मल बस्नेत/चौतारासिन्धुपाल्चोक जिल्लामा संविधान दिवसको उपलक्ष्यमा प्रभातफेरी संगै शुभकामना आदनप्रदान... -
धनमायाको हत्यारामाथि थप अनुसन्धान, क्षतिपूर्ति र सुरक्षाको माग राख्दै जलबीरमा र्याली
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न १, मेलडाडाको एकल महिला धनमाया श्रेष्ठको हत्यामा संग्लग्न अभियुक्त रन बहादुर... -
वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा
चौसागढी नगरपालिका वडा न ७ बन्यो जिल्लाकै तेस्रो बालमैत्री वडा निर्मल बस्नेत २९ भाद्र, चौतारा ।...