हात थापेरै भए पनि गोल हान्ने दाउमा चौतारा स्पोर्टिङ क्लब

चौतारा । पूर्व तयारी देखि खेल समापन अवधिसम्म करिव दस लाख रुपैयाँ लाग्ने भएपछि यतिखेर चौतारा स्पोर्टिङ क्लव, चौतारालाई राष्टियस्तरको खेलमा सहभागि हुन पनि धौ धौ परिरहेको छ । सिन्धुपाल्चोकको फुटबल इतिहासमा पहिलोपटक जिल्लाबाट प्रतिनिधित्व गर्दै सि डिभिजन लिग छनौट प्रतियोयोगितामा सहभागिता जनाउदै गरेको चौतारा स्पोर्टिङ क्लबललाई आर्थिक अभावको कारण यो प्रतियोगिता फलामको चिउरा चपाउन सरह बन्दै गएको छ । रकम कताबाट जोहो गर्ने हो ? क्लबकका पदाधिकारीलाई चिन्ताले गाँज्न थालेको छ । फेरि पनि उनीहरुले आफ्नो हौसलालाई टुट्न दिएका छैनन् । हात थापेर, चन्दा उठाएरै भए पनि गोल हान्ने तयारीमा छन् उनीहरु
हुन त वडास्तरको सानो खेलकूद प्रतियोगिताका लागि लाखौ खर्चिदै आएको स्थानीय सरकारलाई यो प्रतियोगितामा सहभागिता जनाउनु शानको विषय हुनु पर्ने हो तर सिन्धुपाल्चोकका स्थानीय सरकारले यो प्रतियोगितालाई प्रतिष्ठासँँग जोड्न नचाहेको अध्यक्ष सविन श्रेष्ठको कटु अनुभव छ । । फेरि पनि चौतारा स्पोर्टिङ क्लवले सिंगो सिन्धुपाल्चोककै इतिहासमा पहिलोपटक राष्टियस्तरको प्रतियोगितामा सहभागि भएकै कारण पनि चौतारा साँगाचोकगढी नगरपालिकाबाट भने राम्रै सहयोग हुने अध्यक्ष श्रेष्ठको अपेक्षा छ । चौतारा साँगाचोक नगरपालिका र वडा न ५ ले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए पनि सो रकम अपुग हुने अध्यक्ष श्रेष्ठले बताए । त्यही भएर पनि हामी वाध्य भएर आर्थिक सहयोग संकलनको अभियानमा छौं अध्यक्ष श्रेष्ठले भने ।
राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सहभागिता जनाई जिल्लाको खेलकुद गतिविधिलाई कृयाशिल गराई युवा खेलाडीहरुलाई थप उत्साह प्रदान गरी नयाँ खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगितामा सहभागी भएको क्लवका टिम व्यवस्थापक तथा सचिव राकेश रानाले बताए । राणाको अनुसार जम्मा ७८ वटा टिम सहभागी प्रतियोगितामा समूह ए देखि समूह जेड सम्म २६ वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ३÷३ टिम रहेका छन् । समूह एक्समा रहेको चौतारा स्पोर्टिङ क्लवले पहिलो खेल मकवानपुरको राप्ती रिभर युथ क्लवसँग असोज ४ गते बिहान ९ बजे खेल्ने छ भने दोस्रो खेल असोज ८ गते बिहान ९ बजे बाजुराको रानीबन स्पोर्टस क्लवसँग खेल्नेछ ।
क्लवका कोषाध्यक्ष राजेश शाक्यका अनुसार खेलाडीहरुको नियमित अभ्यास, खानपान र बसोबासको व्यवस्थापन, अभ्यासको लागि यातायातको व्यवस्थापन, जर्सी लगायतका खेलकुद सामाग्री लगायतका कृयाकलापहरुको लागि क्लवलाई करिव १० लाख बराबरको रकम आवश्यक रहेको छ । हाल क्लवले देश विदेशमा रहेका स्थानिय व्यक्तिहरु, पूर्व खेलाडीहरु, खेलप्रेमीहरु, व्यवसायीहरु, विभिन्न पेशामा संलग्न व्यक्तिहरु, स्थानिय क्लव तथा समूहहरु, विभिन्न पेशागत संघ संगठनहरुबाट सहयोग प्राप्त गरिरहेको शाक्यले दिए जानकारी दिनुभयो । साथै चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालय, विभिन्न वडा कार्यालयहरु लगायतका स्थानिय तहबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको र हालसम्म करिब ५ लाख बराबरको सहयोग प्राप्त भईसकेको कोषाध्यक्ष शाक्यले जानकारी दिए ।
समग्र खेलकुद क्षेत्रका विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सिन्धुपाल्चोक चौताराका केही जागरुक युवाहरु मिलेर वि।सं। २०७० मा क्लवको स्थापना गरेका थिए ।क स्थापना पश्चात क्लवले जिल्लाभित्र तथा जिल्ला बाहिर आयोजित विभिन्न फुटबल प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ । चौतारा स्पोर्टिङ क्लव सिन्धुपाल्चोक जिल्ला लिग २०७४ को बिजेता समेत रहिसकेको क्लव हो ।
नेपाल फुटबल संघ ९एन्फा० द्वारा भदौ १० देखि आयोजना भईरहेको शहीद स्मारक सि डिभिजन लिग फुटबल छनौट प्रतियोगिता २०७८ काठमाण्डौं सातदोबाटोमा सञ्चालन भइरहेको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्