सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठोकर्पाबाट काठमाण्डौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गाडीले च्यापेर दुई जनाको मृत्यु भएको घटनास्थलबाट पत्रकार निरोज चौलागाईले जानकारी दिनु भयो । दुर्घटना परि २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बा ३ ख ८०३० नम्बरको यात्रुवाहक बस सुनकोसी गाउँपालिकाको वडा न ३ मा दुर्घटना भएको हो । घाइते १५ जना धुलिखेल अस्पताल र ९ जना सदाबहार अस्पताल खाडीचौरमा उपचारार्थ पठाएको प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो । गाडी सडकबाट करिब १५ मिटर तल खसेको थियो । शसस्त्र प्रहरी र जनपथ प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना २ जना को मृत्यु , २४ जना घाइते
