बेवारिसे दुई व्यक्तिको उद्धार

बेवारिसे दुई व्यक्तिको उद्धार


चौतारा । बागमति प्रदेशलाई सहयोगापेक्षी, बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने अभियान अन्तर्गत बेसहारा एवम् वेवारिसे दुई व्यक्तिलाई उद्धार गरिएको छ । नाम बतन खुल्न नआएका अन्दाजी वर्ष ३५ को र अन्दाजी ३४ वर्षको दुईजनालाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट विहीबार उद्धार गरिएको हो ।
स्थानीय समाजसेवी शहदेव खड्काले ती दुई व्यक्तिलाई वेवारिसे अवस्थामा भौतारिरहेको देखेपछि बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश अभियानका सहजकर्ता अप्सरा पौडेललाई जानकारी गराइएका थिए ।जानकारी पाएलगत्तै सहजकर्ता पौडेलको पहलमा उद्धार गरि मानव सेवा आश्रम भक्तपुरमा सेवाका लागि पठाइएको छ ।
प्रदेश सरकार र गैरसरकारी संस्थाको साझेदारीमा बागमति प्रदेशलाई सहयोगापेक्षी, बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने उदेश्यले सिन्धुपाल्चोकमा यो अभियान सञ्चालन भएयता पाँचजना वेवारिसे, वेसहाराको उद्धार गरिसकेको सहजकर्ता पौडेलले जानकारी दिनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्