१०२ वटा वडालाई पछि पार्दै वडा न १३ बन्यो पहिलो बालमैत्री वडाचौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ पहिलो बालमैत्री वडा बन्न सफल भएको छ ।५८ औ राष्ट्रि बाल दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले वडा न १३ लाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । १०३ वटा वडा रहेको सिन्धुपाल्चोकमा यो वडालाई पहिलो बालमैत्री वडाको रुपमा बुधबार एक भव्य समारोहका बीच घोषण गरिएको हो ।बालमैत्री वडा घोषणा गर्दै मेयर सापकोटाले बालमैत्रीका चुनौतीपूर्ण सूचक तथा मापदण्ड पुरा गरेर वडा न १३ बालमैत्री वडा बन्न सफल भएकोमा…
Category: समाज
चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बल
चौतारा साँगाचोकगढी नगरपालिकाको सय दिनःसुशासनको पहल, आत्मनिर्भतामा बलचौतारा । स्थानीय सरकारको दोस्रो कार्याकाल अन्तर्गत सय दिन पार भइसकेको छ । खासगरि यो अवधिलाई हनिमुन पिरियडको रुपमा लिने गरिन्छ । यही हनिुमुन पिरियडमा स्थानीय सरकारले सय दिन भित्र के गरे ? कस्ता योजनाहरु बनाए भनेर सर्वसाधरण र सरोकारवालाहरुले चासोका साथ हेर्ने गरिन्छ र यसै दिनभित्रको काम र कार्य योजनामुताविक नै आगामी रणनीति बुझ्ने गरिन्छ । यसै बीच सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले सय दिनभित्र आफूले गरेका काम र योजनाहरु सार्वजनिक गरेको छ ।सुशासनलाई जोड दिंदै टेण्डर प्रकृयालाई यो सय दिनभित्र पारदर्शी…
रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका श्रेष्ठ
रेडियो नेपाल, कर्मचारी संगठनको अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठ काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा सिन्धुपाल्चोकका राजेश श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको अध्यक्षमा राजेश श्रेष्ठ सहित १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । विगत लामो समयदेखि रेडियो नेपाल, सिंहदरबारमा कार्यारत श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ इर्खु चिलाउनेका हुनुहुन्छ ।महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रमोद भट्टराई, उपाध्यक्षमा वेग बहादुर पुलामी, जितेन्द्र यादव र राधिका ओझालाई चयन गरेको छ ।यसैगरी महासचिवमा गणेश बहादुर महरा, सचिवमा कृष्ण…
मेलम्ची नगरले सडक बनाइ दिन मेलम्ची खानेपानीलाई गर्यो अनुरोध
मेलम्ची । मेलम्ची नगरपालिकाले नगरभित्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानी विकास समितिसँगआग्रह गरेको छ । सोमवार मेलम्ची नगरपालिकामा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको हो ।मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको छ । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । बिसौनीbisouni.com
मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिने
मेयर सापकोटाद्वारा चौतारा बजार अवलोकन, पहिलो चरणमा सार्वजनिक शौचालय निर्माण गरिनेचैतारा । जिल्ला सदरमुकाम चौतारालाई व्यवस्थित र सुन्दर बनाउनका लागि चौतारा साँगााचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बजार अवलोकन गर्दै संभाव्यताको अध्ययन गर्नु भएको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्ययक्ष शिव श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, सुरेश कसजू, नेपाली काँग्रेस चौतारा साँगाचोकगढी, नगर सभापति इन्द्रलोचन धिताल, माओवादी केन्द्रका श्यामकृष्ण श्रेष्ठ, वडा सदस्यद्वय कोमलबहादुर श्रेष्ठ, रामवहादुर घले, पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ लगायतको टोलीले बजार अनुगमन गरेका हुन् । बजार अवलोकनकोको क्रममा सार्वजनिक शौचालयको…
मृत्युदण्ड जितेर फर्किएका श्रेष्ठ २३ वर्षपछि पुनः शिक्षक
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ तौथली गैरीगाउँका हीरालाल श्रेष्ठ ‘आनन्द’ मृत्युदण्ड जितेर स्वदेश फर्किन सफल भए । उनी स्वदेश मात्र फर्किएनन् ,गुमाएको जागिर पनि पाए । ०४५ वैशाख २५ गते बाघ भैरव प्राथमिक विद्यालयमा शिक्षक पेशामा प्रपेश गरेका श्रेष्ठले २०४८ सालमा स्थायी शिक्षकमा नियुक्त हुने मौका पाएका थिए । उनको चेतना सानैदेखि विद्रोही थियो । त्यसैले स्थायी जागिर छोडेर २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिए । २३ वर्षपछि पढाउन कक्षाकोठा छिर्दा श्रेष्ठको आँसु थामिएन नरम स्वभाव र कुशल संगठक भएकोले छोटो समयमा उनी माओवादी छापामारको कमान्डर भए । माओवादी जनयुद्ध…
नगरले बनायो बन्देउमा नयाँ शहर बनाउने योजना
नगरले बनायो बन्देउमा नयाँ शहर बनाउने योजनाचौतारा । जिल्ला भित्रिने मुख्य नाका बन्देउलाई व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने भएको छ ।चौतारा साँगाचोकगढी वडा न ११ मा पर्ने बन्देउलाई पर्यटकीय हबको रुपमा विकास गर्न लागि व्यवस्थित र आधुनिक सहर बसाल्न नगरपालिकाले योजना अघि सारेको हो ।मध्य पहाडी लोकमार्ग, अरनिको राजमार्ग र चौतारा बन्देउ सडकको संगमस्थलसमेत रहेको बन्देउ पर्यटकीय क्षेत्र दोलालघाट र सुकुटे क्षेत्रको केन्द्रमा रहेको छ । पर्यटकीय हिसाबले पनि प्रवल संभावना बोकेको बन्देउलाई आर्थिक तथा औद्योगिक क्षेत्रको रुपमा विकास गर्नका लागि नगरपालिकाले योजना बनाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर…
सिन्धुपाल्चोकमा कोरोना संक्रमित बढ्न थाले
सिन्धुपाल्चोकमा कोरोना संक्रमित बढ्न थालेचौतारा । सिन्धुपाल्चोक जिल्लामा कोराना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।पछिल्लो दुई हप्ताको बीचमा संक्रमितहरुको संख्या आठ पुगेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।संक्रमितहरु मध्य ६ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबै होम आइसोलेशनमा नै उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिनुभयो ।कारोना भाइरस संक्रमणको चौथो लहर सुरु हुने वित्तिक्कै जिल्लामा पनि संक्रमितहरु पनि बढ्न थालेपछि पिसिआर परीक्षण सुरु हुने पनि उहाँले जानकारी दिनु भयो । बिसौनीbisouni.com
खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प
१५ साउन, काठमाडौं । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दीनु भयाे । क्षतिको विवरण भने आउन बाँकी छ बिसौनीbisouni.com
चौताराकी क्रिन्जिलाले जितिन् जुनियर मिस नेपाल प्रतियोगिताको तीन सव टाइटल
चौतारा । जुुनियर मिस नेपाल प्रतियोगिता २०२२की प्रतिस्पर्धी क्रिन्जिला श्रेष्ठले ३ वटा सवटाइटल जित्न सफल भएकी छन् ।चौतारा साँगाचाकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले शनिबार सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर बन्न सफल भएकी हुन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो । चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत…
