चौतारा भिमसेन मन्दिरको दानपेटिका चोरी
चौतारा । सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारास्थित भीमसेन मन्दिरमा रहेको दानपेटिका चोरी भएको छ । आज शुक्रबार दिउँसोको समयमा चोरी भएको स्थानीयले बताएका हुन । दिनभरि खुला रहने उक्त मन्दिरको ढोका साँझ स्थानीय आदित्य श्रेष्ठले बन्द गरि चाबी लगाउन खोज्दा मन्दिरभित्र रकेको दान पेटिका चोरी भएको थाह भएको हो । पेटिकाको आधाभन्दा बढी पैसाले भरिएको उनले जानकारी दिए । लाखौ मूल्यका गरगहना भने सुरक्षित रहेको छ । चोरी पछि स्थानीयले प्रहरीलाई गरेका छन् ।
