सिन्धुपाल्चोक र नुवाकोटको साँधमा पत्रकारिता तालिम

नुवाकोट । सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा पर्यटन पत्रकारीता तालिम सुरु भएको छ । पर्यटन पत्रकारितामार्फत समग्र राष्टकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने हेतुले नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिको आयोजनामा दुई दिने पर्यटन पत्रकारिता तालिम शुक्रबारबाट सुरु भएको हो ।

तालिमकाे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले उद्घाटन गर्नुभयो । त्यसक्रममा अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्दे पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

May be an image of 5 people, people sitting, people standing and text that says 'सटन पत्रकारीता तालिम उदघाटन समारोह ৭০ चेत्र २०७९ चिसापानी, नुवाकोट थ्य महासंघ नुवाकोट आयोजक नेपाल पत्रकार महासघ बागमती प्रदेश समिति'

कार्यक्रममा पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य धु्रबकुमार रावल, बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट जिल्ला अध्यक्ष कपिलदेब खनाल, बरिष्ठ पत्रकार कुबेर चालिसे लगायतले मुलुकको आर्थिक बिकासमा संचार क्षेत्रको भूमिका लगायतका बिषयमा आ–आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।

May be an image of 8 people, people standing and people sitting

नेपाल पत्रकार महासंघ वागमती प्रदेश समिति अन्तर्गतका ९ वटा जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा बरिष्ठ पत्रकारहरु कुबेर चालिसे, टिपी भुसाल र अशोक सिलवालले पर्यटन पत्रकारीताका बिबिध पक्षहरुका बारेमा प्रशिक्षण दिने महासंघका प्रदेश सचिव युवराज पुरीले जानकारी दिनुभयाे ।

May be an image of 8 people, people standing, people sitting and indoor

सिफारिस

प्रतिकृया दिनुहोस्