मेयर सापकोटाद्वारा विद्युतीय फिल्टर धारा उद्घाटन

मेयर सापकोटाद्वारा फिल्टर जडित धारा उद्घाटन

निर्मल बस्नेत


( १० चैत्र २०७९) चौतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा नगरका मेयर कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमका बिच बिद्युतीय फिल्टर जडित धाराकाे उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा बाेल्दै मेयर सापकोटाले एउटै मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दै उनले भने देख्दा थाेरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बाेकेकाे छ ।


मेयरले बिद्यालयमा युवाहरूकाे जाेस जाँगर र सवैकाे समान धारणा बिकास भएकाे पाएँ । अझै समाजकाे चेतनशीलहरुकाे पहलमा शिक्षकहरुले याेजना वनाएर समृद्ध नगर बनाउन सहयाेग गर्न आग्रह गरे ।
नगरकाे कतिपय ठाउँमा याेजना ठूलाे भएर पनि दुरुपयोग भएकाे छैन । कतिपय थाेरै रकम दिएकाे ठाउँमा राम्रो काम भएकाे भन्दै खुसि व्यक्त गरे ।
मेयर सापकोटाले बिद्यार्थीहरुकाे स्वास्थसंग प्रत्येक्ष जाेडिएकाेले नगरले प्राथमिकतामा बिद्यालयलाई राख्ने तर्क गरे ।
शिक्षाबिद् समाजसेवी शम्भु दंगालले नेपालमा ७० प्रतिशत मानिसमा पानीको कारण राेग लाग्ने गरेकाे भन्दै आफुले प्रभावकारी रुपमा शिक्षा क्षेत्र हुने भएकाेले राेजाईमा ज्ञानमन्दिर परेकाे कुरा व्यक्त गरे । उनले भने याे सानाे प्रयास हाे, अव नगरभरी लैजाने याेजना छ । उक्त याेजनामा बिद्यालय, वन समूह र समुदायसम्म पुर्‍याउने लक्ष्य रहेकाे बताए ।
एकै स्थानमा ४ वटा धारा रहेकाे र, उक्त धारामा बाेतल भरेर कक्षाकाेठामा लैजाने प्रवन्ध मिलाईएकाे छ ।
साे मेसिन र धारा निर्माणका लागि ६ लाख २८ हजार ९ सय ६१ रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएकाे बिद्यालयका प्रधानाध्यापक पुन्य गजुरेलले जानकारी गराए । उनका अनुसार धारा निर्माणमा चाैतारा साँगाचाेकगढी नगरपालिका,लुसेन्ट ड्रप नेपाल, डा. सम्भु दंगाल र पूर्व शिशिका कल्पना दंगाले सहयाेग प्रदान गरेकाे हाे ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामकृष्ण दंगालकाे अध्यक्षतामा भएकाे कार्यक्रम शिक्षक उमेश कार्कीले सुन्दर संयाेजन गरि सञ्चालन गरेका थिए । कार्यक्रम बिद्यार्थी , शिक्षक, बिव्यस, र अन्य समाजसेवीहरुकाे सहभागितामा सम्पन्न भएकाे थियाे ।

सिफारिस

प्रतिकृया दिनुहोस्