बाह्र बजेसम्म पनि बालेनकै वर्चस्व

काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबार दिउँसो १२ बजेसम्म १ लाख ६ हजार ५ सय १६ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।
उहाँले ३८ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २१ हजार ५ सय ३८ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २० हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्