नेकपा माओवादी केन्द्रद्वारा बाढी प्रभावित ३ पालिकालाई ६७ लाख सहयोग

 चाैतारा । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको ३ वटा पालिकालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका पुर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) र नेता चन्द्र बहादुर थापाको विशेष पहलमा ३ वटा पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । 

बागमती प्रदेशभित्र नेकपा माओवादी केन्द्रले प्रतिनिधित्व गरेका स्थानीय तहहरुबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल् गाउँपालिकामा हस्तान्तरण गरिएको माओवादी नेता चन्द्रबहादुर थापा किशोरले जानकारी दिनुभयो । 

मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २३ लाख २९ हजार ९ सय ९९ का दरले र पाँचपोखरी थाङपाल गाउँपालिकालाई २० लाख २९ हजार ९ सय ९९ रुपैयाँ हस्तान्तरण गरिएको हो । 

बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले रकम हस्तान्तरण गर्नुहँदै विपत्तिको यो समयमा अहिलेको लागि यो  सानो सहयोग गरेको बताउनुहँदैै क्षतविक्षत भएको प्रभावित स्थानीय तहलाई पुन हराभरा बनाउन केन्द्रमा पनि पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा नेता माधव सापकोटा सुवोधले बाढीग्रस्त क्षेत्र मेलम्ची हेलम्बुमा तत्काल २ वटा बेलिब्रिज बनाउन पहल भइरहेको र अर्थ मन्त्रालयबाट पुल निमार्णको लागि निर्देशन आइसकेको समेत जानकारी गराउनुभयो । 

कार्यक्रममा प्रभावित पालिकाहरुबाट प्रतिनिधित्व गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले विपद्को बेला सहयोग गरेकोमा माओवादी पार्टी नेतृत्वलाई धन्यवाद ब्यक्त गर्नुभयो । 

उहाँले पहिरो आएको मुहान क्षेत्रमा तत्काल अध्ययन गरि त्यहाँको बारेमा स्थानीय तह र स्थानीयले सुचना पाउनुपर्ने बताउनुभयो । 

उहाँले अहिले मेलम्ची नगरपालिकाले काम गरेन भनेर आलोचना भइरहेको आफुले सुनेको भन्नुहुँदै मुहान क्षेत्रको रिपोटको पर्खाइमा रहेको र त्यहि आधारमा नगरले काम थाल्ने बताउनुभयो । 

छिटोभन्दा छिटो मुहान क्षेत्रमा अध्ययन गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभयो । 

सिफारिस

प्रतिकृया दिनुहोस्