संक्रमितलाई भेट्दै सिन्धुका माओवादी नेताहरु

चौतारा । कारोना भाइरस संक्रमणले छपक्कै छोपेको बेला नेकपा माओवादी केन्द्रका नेताहरु भने संक्रमणको हट स्पर्टमा नै गएर संक्रमितको अवस्था बुझ्न थालेका छन् । पछिल्लोपटक संक्रमणको हट स्पर्ट बनेको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ कुविण्डेका संक्रमितहरुको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेताहरु बुधबार कुविण्डे पुगेका हुन् ।
जनता अप्ठेरामा परेको बेला हामी पनि जनतासँगै छौं भन्ने सन्देश दिन मात्र होइन संक्रमितको समस्या समाधान गर्न आफूहरु संक्रमितसँग भेटघाटमा रहेको नेकपा माओवादी सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा सुवोधले बताए
बुधबारसम्म कुविण्डेमा संक्रमितको संख्या ३२ पुगिसकेको र दुईजनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । ज्यान गुमाएकाहरुको स्वजनसँग पनि नेताहरुले भेटघाट गरेका छन् । कोभिड विरुद्धको लडाईमा नेकपा माओवादी सिन्धुपाल्चोकले आफ्ना मातहतका सबै सम्वन्धित निकायहरुलाई परिचालन हुन प्रेस विज्ञप्ति मार्फत मंगलबार आहन गरेको भोलिपल्ट नै माओवादी नेताहरुको यो सकृयताले सकारात्मक सन्देश त जाने नै छ, त्यो सँगै संक्रमितहरुको उपचारमा कुनै समस्या आएमा तत्काल सम्वोधन हुने अर्का नेता एवम् प्रदेश सांसद युवराज दुलाल शरदले बताए । हामी जिल्लाबासीको स्वास्थ्य उपचारमा कुनै समस्या आउन दिने छैनौं, हाम्रो अर्जुन दृष्टि भनेकै यतिखेर जनताको स्वास्थ्य उपचार र स्वास्थ्य सुरक्षा हो नेता शरदले विसौनीसँग भने ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटा दे्शवन्धु, मेयर अमानसिं तामाङ, प्रेमप्रसाद सापकोटा, भोला सापकोटा, राजेन्द्र शर्मा र वडा अध्यक्ष चुडामणि नेपालसहितको माओवादी नेताहरुले संक्रमितहरुलाई स्वास्थ्य सामाग्री वितरण पनि गरेका थिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्