पूर्वमन्त्री तामाङद्वारा बिद्यालय भवन उद्घाटन ।ब्य

पुर्ब कानुन,न्याय तथा संसदीय मामिला मन्त्री मा.शेर बहादुर तामाङले आफ्नो निर्बाचन क्षेत्रको पांचपोखरी थाङपाल गाउंपालिका वडा नं १ मा अबस्थित श्री भिम बिद्याश्रम मा.बि.को नबनिर्मित २१ कोठे अत्याधुनिक भवनको आज एक समारोह बीच उद्घाटन गर्नु भएको हो ।उक्त भवन २०७२ सालको बिनासकारी भुकम्पबाट ध्वस्त भएकोमा एसियायी बिकास बैंक र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो

उक्त अवसरमा आफ्नो मन्तब्य राख्नु हुंदै पुर्बमन्त्री तामाङले २०७२ को महाभुकम्प पस्चात बिद्यालयहरुले पुर्बाधारको हिसाबले मुहार फेरेको र अब शैक्षिक गुणस्तरलाई उच्च सुधार गर्नु पर्ने र बिद्यालयमा चाउचाउ ,बिस्कुट जस्ता खाजाहरु प्रबेश निषेध गर्दै खाजाको रुपमा स्थानिय खाध्यान्नको प्रयोग गर्नु पर्ने कुरामा बिद्यालय परिबारलाई सचेत समेत गराउनु भयो ।साथै यस भेगमा विभिन्न सरकारी निकायबाट सन्चालन भएका बिभिन्न बिकासे आयोजनाहरुको बारेमा चर्चा समेत गर्नु भयो ।

सो समारोहमा नेकपा नेता एबम मेलम्चि खानेपानीका बोर्ड सदस्य चन्द्र बहादुर थापा ,गाउंपालिका अध्यक्ष टासि लामा, उपाध्यक्ष श्री सुनिता अधिकारी,स्थानिय समाजसेवीहरु फुर्पा स्याङ्बो,सोमर बोम्जन, निर्मल बन्जारा,वडा नं १ का अध्यक्ष सुर्यमान दोङं,वडा नं २ का वडा अध्यक्ष पासाङ लामा,गाउंपालिका बिद्यालय निरीक्षक उत्तममणी पौडेल, प्रधानाध्यापकहरुका तर्फबाट शशि कुमार भट्टराई,भुतपुर्ब बिद्यार्थीका तर्फबाट लोकमान तामाङ,आयोजनाका प्राबिधिक ईन्जिनियर लगायतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सो अत्याधुनिक भवन करिब १० करोडको लगानिमा निर्माण सम्पन्न भएको शर्मा खानी जे.भि.का प्रतिनिधि एबम निर्माण ब्यबसायी मान बहादुर बोम्जनले बताउनु भयो ।
सो कार्यक्रममा बिभिन्न जग्गादाता महानुभाबहरुलाई सम्मान समेत गरिएको थियो ।स्वर्गीय तुल्सीभक्त कक्षपतिको नामबाट उहांका छोराहरु ध्रुबभक्त,राजभक्त,शिबभक्त कक्षपतिलाई सम्मान गरिएको र स्व.तुल्सीभक्त कक्षपतिको सालिक अनाबरण समेत गरिएको थियो ।उक्त कार्यक्रममा जग्गादाताहरु,अभिभावकहरु,स्थानीय समाजसेवीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको पुर्बमन्त्री तामाङ का स्वकीय सचिब निर्मल बन्जाराले बताउनु भयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्