जिल्लाका विभिन्न स्थान र समयमा गएको पहिरोबाट भएका पीडितका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी मल्हम बनेको छ । पीडितहरुका लागि राप्रपा जिल्ला कमिटीले विभिन्न खाद्यान्नसहित हालसम्म २४ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहयोग गरेको हो ।
राप्रपाले पछिल्लोपटक बाह्रविसे नगरपालिका ७ घुम्थाङस्थित नागपुजे र भिरखर्कमा गएको पहिरोबाट पीडित भएकाहरु दिइएको सहयोगसहित झण्डै २५ लाख रुपैयाँ पुगेको हो ।
राप्रपा सिन्धुपाल्चोकको सक्रियतामा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरिका र गैरआवासिय नेपाल संघ पोर्चुगलबाट संकलन गरिएको राहत पीडित परिवारलाई हस्तान्तरण गरिएको क्षेत्रीय सभापति उत्तम भन्डारीले बताए । हामीले नागपुजे र भिरखर्कका बाह्र मृतक परिवारलाई २२ हजारका दरले रकम वितरण ग¥र्योै,’ उनले भने । उनका अनुसार विहिबार नौ लाख ७४ हजार नगद सहित खाद्यन्न सामाग्री बितरण गरिएको हो ।
राप्रपाले घुम्थाङसहित लिदी पहिरो पीडीत, जम्बु, खागदल, सुनकोशीका पीडितहरुलाई सहयोग गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिका २ कर्थलीस्थित बुदेपाका पहिरोबाट विस्थापित ४४ परिवार, मानेश्वाँराको १८ परिवारलाई समेत खाद्यान्न सहयोग वितरण भएको भण्डारीले जानकारी दिए ।
राप्रपा सिन्धुपाल्चोकले जुगल गाउँपालिका २ लिदीका एक सय ७२ बिस्थापित परिवारलाई एकमुष्ठ ५ लाख ४५ हजार नगद, बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाका पीडित परिवारलाई ७ लाख २३ हजार ६ सय र सुनकोशी गाउँपालिका धुसिनेका बिस्थापितहरुलाई २ लाख रकम सहयोग गरेको हो ।
घुम्थाङका पीडित परिवारलाई एक बोरा चामल, एक किलो दाल, १ प्याकेट नून, साबुन, र तेल आधा लिटर वितरण गरिएको राप्रपाका केन्द्रिय सदस्य रमेश लामाले जानकारी दिए । त्यस्तै बाह्रबिसे नगरपालिका २ कर्थलीस्थित बुदेपाका पहिरोबाट विस्थापित ४४ परिवार, मानेश्वाराको १८ परिवारलाई समेत खाद्यन्न सहयोग वितरण भएको उनको भनाई छ ।
त्यस्तै निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष निलध्वज थापाले पहिराले पिडितलाई २ लाख नगद व्यक्तिगत सहयोग गरेका छन् ।