इस्तानबुल। टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ४ हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुवै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाइ हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाइ भइरहेको उद्धारकर्मीले बताएका छन् । भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकबाट आधुनिक उपकरणसहितका…
Category: अन्तर्राष्ट्रिय
१२ मीटर लामो ‘किङ कोब्रा’ भेटिएपछि गाउँले त्रसित
भारतमा १२ मीटर लामो विषालु सर्प किङ कोब्रा फेला परेको छ । कोरवा जिल्लाको सरखेत वनक्षेत्रको मदनपुरमा रहेको एउटा घर नजिकै उक्त खतरनाक सर्प भेटिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त सर्पको लम्बाइ १२ दशमलव ५ मीटर छ । चन्द्रशेखर नामका युवक गत सोमबार बिहान कामका लागि मदनपुर गएका थिए । उनले यहाँ फिरुतु रामको घर नजिकै लामो सर्प देखे । त्यसपछि उनले तुरुन्तै वन विभागलाई जानकारी गराए । कोब्रालाई वन विभागका सर्प समात्न सिपालु अविनाश यादवको टोलीले करिब एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको बताइन्छ । त्यसलगत्तै उनीहरुले कोब्रालाई जंगलमा…
एयर होस्टेजले विमानमै यौन सम्बन्धको अफर गरेपछि…
ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिन हुने भएको छ । यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् । यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । डेली मेलका अनुसार फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’…